माधव नेपाल नेतृत्वको पार्टीलाई ४ महिनाभित्रै माओवादीमा बिलय गराउने योजनाको खुलासा

माधव नेपाल नेतृत्वको पार्टीलाई ४ महिनाभित्रै माओवादीमा बिलय गराउने योजनाको खुलासा

काठमाडौ । आजै मात्र दर्ता प्रक्रिया पूरा गरेर प्रमाणपत्र बुझेको नेकपा एकीकृत समाजवादीलाई माओवादीमा विलय गराउने योजनाको पर्दाफास भएको छ ।

सोही पार्टीका नेता मेटमणि चौधरीले आफूहरुले गठन गरेको नयाँ पार्टी चार महिनापछि नेकपा माओवादी केन्द्रमा विलय गराएर देशकै सबैभन्दा ठूलो बनाउँने योजनाका बारेमा गोप्यता खोल्नुभयो ।नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकसँग पार्टी एकता गर्ने तर एमालेसँग कुनै सहकार्य नहुने उहाँले बताउनुभयो ।

निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रियापछि चौधरीले पत्रकारहरुसँग कुरा गर्दै चौधरीले पार्टी अध्यक्ष माधवकुमार नेपालको उदेश्य भनेको नै माओवादीसँग एकता गर्नु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘हामी चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछौं ।’ कसरी ठूलो पार्टी बन्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उहाँले वामएकताको आधार देखाउदै यो पार्टीपनि केही महिनाका लागि मात्र भएको स्पष्ट पार्नुभयो ।

‘हामीले माओवादी केन्द्र, जनमोर्चादेखि विप्लव, मोहन वैद्यलगायतका पार्टीसँग एकताको प्रक्रिया अगाडि बढाइसकेका छौं । त्यो चाँडै सम्पन्न हुन्छ’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *