एमाले अध्यक्ष ओलीले माधव नेपालको पार्टीको सनाखत अघि नै चाल्दैछन् यस्तो भयङ्कर कदम, माधव नेपाललाई हेरेको हेर्यै बनाउने रणनीति !

एमाले अध्यक्ष ओलीले माधव नेपालको पार्टीको सनाखत अघि नै चाल्दैछन् यस्तो भयङ्कर कदम, माधव नेपाललाई हेरेको हेर्यै बनाउने रणनीति !

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन आह्वान गरेका छन् । पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा समसामयिक विषयहरूमा प्रकाश अहिले विहान ११ बजे पत्रकार सम्मेलनको आह्वान गरिएको हो ।

च्यासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने पत्रकार सम्मेलनमा असार २७ गते भएको दसबुँदे सहमति कार्यान्वयन सम्बन्धी निर्णयबारे पत्रकारलाई जानकारी दिने तयारी रहेको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले दस बुँदे सहमति कार्यान्वयनको निर्णय गरेको थियो । बैठकले केन्द्रदेखि स्थानीय तहसम्म र जनसंगठनका सबै कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । हिजोको बैठकले मंसिर १० देखि १२ गतेसम्म पार्टीको दसौं महाधिवेशन र असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्नेसमेत निर्णय गरेको थियो।

त्यस्तै, एमालेका २०७५ जेठ २ अघिका सबै संचरना पुनर्जीवित भएका छन्। जिल्ला र प्रदेश कमिटीहरू पनि २०७५ जेठ २ कै अवस्थामा फर्किएका छन्। यस्तै आज हुन लागेको माधव नेपालको नयाँ पार्टीको सनाखतलाई झड्का दिनेगरी उक्त पत्रकार सम्मेलन गर्न लागिएको चर्चा समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *