माधव नेपालको महिनौको मिहिनेत गयो खेरः भोलीको हिसाबकिताब आजै सार्वजनिक भएपछि ठूलो तनावमा, अब के गर्लान ?

माधव नेपालको महिनौको मिहिनेत गयो खेरः भोलीको हिसाबकिताब आजै सार्वजनिक भएपछि ठूलो तनावमा, अब के गर्लान ?

माधव नेपालको महिनौको मिहिनेत खेर जाने संकेत देखिएको छ । नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका अध्यक्ष माधवकुमार नेपालको पक्षमा २० प्रतिशत सांसद नपुग्ने देखिएको हो ।

अध्यक्ष नेपालले आफूसँग एमालेबाट निर्वाचित ३१ सांसद रहेको दाबी निर्वाचन आयोगमा पेश गरेको निवेदनमा गरेका छन् । तर आयोगमा भोलि बुधबार हुने सनाखतमा सबैको हस्ताक्षर गराउन नसक्ने भएपछि संख्या नपुग्ने भएको हो ।

नेकपा एमालेसँग प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ जना रहेका छन् । कूल १५४ जना सांसदको २० प्रतिशत ३१ जना हुन्छ । निर्वाचन आयोगमा अध्यक्ष नेपालले ३१ सांसदको नामावली दिए पनि वरिष्ठ नेता झलनाथ खनालसहित ३ जनाको हस्ताक्षर छुटेको जनाइएको छ ।

वरिष्ठ नेता खनाल उपचारका लागि भारतको नयाँदिल्लीमा रहेका छन् भने एक जना सांसदले दुई ठाउँमा हस्ताक्षर गरेका छन् भने एक जना राष्ट्रियसभा सदस्यको नाम भएपनि हस्ताक्षर गरिएको छैन । हस्ताक्षर गर्न छुटाएकाले पछि हस्ताक्षर गर्न नपाइने आयोग स्रोतले जनाएको छ ।

वरिष्ठ नेता खनालले दिल्लीस्थित अस्पतालबाटै सनाखत गरिनुपर्ने निवेदन आयोगमा दिएपनि त्यस्तो गर्न नसकिने आयोगले जनाएको छ । आयोगमै उपस्थित भएर सनाखत गर्नुपर्ने नियम आयोगले बनाएको छ ।

आज मंगलवार ४ जना सांसदहरू आयोगमा उपस्थित भएर आफूहरू नयाँ पार्टीको पक्षमा सनाखत गर्न खोजेको भए पनि नहुने आयोगले जनाएको छ । दल दर्ताको निवेदन दिँदा भएको हस्ताक्षर मात्रै मान्य हुने आयोगले जनाएको छ ।

सांसदका आधारमा २०५ नपुगे पनि केन्द्रीय सदस्यको २०५ पुगेका आधारमा नयाँ पार्टी दर्ता हुनसक्ने आयोगले जनाएको छ ।

नेकपा एमालेका २०३ जना केन्द्रीय कमिटी सदस्य कायम रहेकोमा २० प्रतिशत ४१ जना हुन्छ । अध्यक्ष नेपालले एमालेका ५८ जना सदस्य नामावली र ५५ जनाको हस्ताक्षर आयोगमा बुझाएका छन् । यसरी पार्टी केन्द्रीय सदस्यको आधारमा नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता हुनेछ ।

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या बढी रहेकाले दल दर्तामा कुनै कानूनी झमेला नरहेको जनाएकी छन् । उनले ट्विटरमा लेख्दै संख्या अपुग नभएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *