एमालेले गर्यो माधव नेपालको पक्षमा यस्तो बोल्ड निर्णय

एमालेले गर्यो माधव नेपालको पक्षमा यस्तो बोल्ड निर्णय

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ता नगरे पार्टीमा स्वागत गर्ने निर्णय गरेको छ । पार्टी स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले हालसम्म भएका गतिविधिका कारण कसैलाई पनि कुनै कारवाही र भेदभाव नगरिने जानकारी दिए ।

नेता माधवकुमार नेपालसहित सबैलाई पार्टीमा स्वागत गरिने उनले बताए । बैठकले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएको छ ।

पार्टीका सबै पदाधिकारीलाई काममा फर्किन निर्देशन दिने निर्णय भएको ज्ञवालीले बताए । ‘सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने,’ प्रवक्ता ज्ञवाली भने, ‘१० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ ।’

मंगलवारको बैठकमा एकताको पक्षमा रहेका १० जना स्थायी कमिटी सदस्य समेत सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *