भिम रावल पनि आएपछि माधव नेपाललाई आउट गर्दै एमाले एकता घोषणा, दुईजना सहअध्यक्ष….

भिम रावल पनि आएपछि माधव नेपाललाई आउट गर्दै एमाले एकता घोषणा, दुईजना सहअध्यक्ष….

काठमान्डौ ।नेकपा एमालेका दोस्रो पुस्ताका हस्ती नेताहरु अध्यक्ष केपी शर्मा ओलीतिर देखिएका छन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका उपाध्यक्ष भीम रावल पनि नेपाल पक्षमा छैनन् ।

उनी ओलीसँग नजिकिइसकेका छन् । सुरेन्द्र पाण्डे पनि माधव नेपालतिर रहने पक्षमा देखिएका छैनन् । दोस्रो पुस्ताका प्रभावशाली नेताहरुमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे हुन् ।

उनीहरुलाई एमालेको भावी नेतृत्वकर्ताका रुपमा हेरिएको छ । एमाले एकताका लागि रावल, पोखरेल, पौडेल, नेम्वाङ र पाण्डे सबैभन्दा सक्रिय छन् ।उनीहरुले अबको नेतृत्व आफूहरुमध्येबाटै आउने देखेर पनि एकताको पक्षमा सशक्त रुपमा लागेका हुन् । त्यसका अलावा उमेरको हद पनि कारण छ ।

एमालेमा विगतमा ७० वर्षको उमेर हद राखिएको थियो । ७० वर्ष पुगेपछि जुनसुकै पदका नेताहरु पनि पार्टी कमिटीमा नरहने व्यवस्था थियो । उनीहरुलाई सल्लाहकार बनाइने प्रावधान थियो ।

माओवादीसँग एमालेको एकतापछि ७० वर्षे उमेरहद स्वतः खारेज भएको थियो । एमाले एकताले त्यतिबेला बामदेव गौतमलाई सबैभन्दा फाइदा पुगेको थियो । उनलाई माओवादीका कतिपय नेताले राजनीतिबाट सन्यास लिनबाट राकिदिएको भन्थे ।

रोचक पक्ष यो छ कि एमालेका ७० वर्ष पुग्न लागेका र कटेका हस्तीहरु माधवकुमार नेपाल पक्षमा छन् । माधव नेपाल केही महिनापछि ७० टेक्दैछन् । झलनाथ खनाल र बामदेव गौतम ७० कटिसकेका छन् । उनीहरु ७० को उमेर हद लागू गरियो भने स्वतः पार्टी कमिटीमा हुने छैनन् ।

उमेर हदको आशाले अहिले एमालेका दोस्रो पुस्ताका चार हस्तीहरु उत्साही देखिदैछन् । उनीहरु केपी शर्मा ओलीको उत्तराधिकारीको दौडमा देखिइसकेका छन् ।

ओलीले त्यस्तै परे उमेरहदको विषय राखेर कडा निर्णय लिन सक्ने भएकाले पनि दोस्रो पुस्ताका हस्तीहरु नेतृत्वमा पुगिने र एमाले एकता पनि बन्नेसम्मको आशामा छन् । तर, ओलीले त्यति सजिलै एमालेको नेतृत्व त्याग्ने सम्भावना तत्काल छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *