हेर्दा-हेर्दै राजधानी काठमाडौको मुटुमा रहेको गगनचुम्बी घर आफै भत्कियो

हेर्दा-हेर्दै राजधानी काठमाडौको मुटुमा रहेको गगनचुम्बी घर आफै भत्कियो

काठमाडौ । हेर्दा हेर्दै राजधानी काठमाडौको मुटुमा रहेको गगनचुम्बी घर आफै भत्किएको छ ।काठमाडौँको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिनुभयो ।घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

पछिल्लो समय काठमाडौँको सामाखुशी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ । पाइपलाइन विस्तारको कारण जोडिएको मात्र हो घर आफै भत्कियो आयोजना प्रमुखले बताउनुभयो ।

उहाँले सामान्य खडल खन्दैमा घर भत्किनु राम्रो संकेत हैन । काठमाडौमा कति कमजोर संरचना बनेका छन् भन्ने यसले प्रमाणित हुन्छ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *