कांग्रेसकै नेता कार्यकर्ता र प्रहरीबीच झडप, बजार क्षेत्र तनावग्रस्त

कांग्रेसकै नेता कार्यकर्ता र प्रहरीबीच झडप, बजार क्षेत्र तनावग्रस्त

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसकै नेता कार्यकर्ता र प्रहरीबीच झडपहुँदा बजार क्षेत्र तनावग्रस्त बनेको छ । कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको हो । झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् ।

दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास छोडिएको जनाएको छ।

अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको छ । हाम्रो सत्ता हाम्रै मान्छेलाई प्रहरी लगाउने भन्दै थप घटना हुने सम्भावना देखिएको छ । उनीहरु निक्कै आक्रोशित रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *