किन घर घर गएर तालिवानीहरु पूर्व सरकारी कर्मचारी खोज्दैछन् ?

किन घर घर गएर तालिवानीहरु पूर्व सरकारी कर्मचारी खोज्दैछन् ?

एजेन्सी । अफगानिस्तानमा सत्ता हातमा लिएपछि तालिवानले कसैसंग बदला नलिने उद्घोष गरेका थिए । उनीहरुले विदेशी र स्वदेशी नागरिक सुरक्षित रहेको बताएका थिए । तर पछिल्लो समय उनीहरुले घर घर गएर पूर्व सरकारी कर्मचारी खोजी गरिहेको सूचना प्राप्त भएको अन्तराष्ट्रिय समाचारहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले पछिल्लो समय नेटो सेना तथा अफगान सरकारसँग जोडिएका व्यक्तिहरुको खोजी गरिरहेको छ । रिपोर्टअनुसार तालिबानका ल डा कुहरुले घरघरमा गएर त्यहाँका परिवारका सदस्यहरुलाई ध म्का इरहेका छन् ।

राष्ट्रसंघको यो रिपोर्ट आए पनि यसअघि तालिबानले चाहिँ आफूहरुले कसैसँग पनि बदलाको भाव नराख्ने बताएका थिए । तर, अफगानीहरु प्नि तालिबानको सन् १९९० को क्रु र ता देखेर तालिबान बदलिने सम्भावना कम हुने बताइरहेका छन् ।

अर्को एक रिपोर्टमा पनि अहिले तालिबानले अफगानी जनतालाई उनीहरुले आत्मसमर्पण नगरेमा ठूलो स जा यँ भोग्न तयार हुनु पर्ने भन्दै ध म्का इ रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *