ओलीसँग भेटेर कांग्रेस फुटाउन लागेको समाचार आएपछि शेखर सचिवालयले दियो यस्तो जवाफ

ओलीसँग भेटेर कांग्रेस फुटाउन लागेको समाचार आएपछि शेखर सचिवालयले दियो यस्तो जवाफ

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो भेट नभएको बताएका छन् ।कोइरालाका तर्फबाट प्रेसनोट जारी गर्दै स्वकीय सचिव दिनेशचन्द्र थपलियाले अध्यादेश आएपछि ओलीसँग भेटेको भनी आएका समाचारमा सत्यता नरहेको दावी गरेका हुन् ।

‘एक अनलाइनमा सम्प्रेषित “सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईसकेपछिको परिस्थितिका बारेमा कांग्रेस नेता शेखर कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीबिच छलफल भएको” भन्ने भ्रमपूर्ण, कपोलकल्पित र मनगढन्ते समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ।’ स्वकीय सचिव थपलियाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

‘दुई दिनको विराटनगर बसाइपछि डा. शेखर कोइराला २०७८ भदौ २ गते बेलुकी काठमाडौं फर्कनुभएको हो । उहाँको कसैसँग भेट भएको छैन’, थपलियाले भनेका छन् ।

केहि अनलाइनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको र कांग्रेस फुटाउन लागेको जस्ता भ्रामक समाचार सम्प्रेषण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *