रामचन्द्र पौडेल र शेखर शेखर कोइरालाले गोप्य रुपमा भेटे ओलीलाई के फुट्दैछ काग्रेस ?

रामचन्द्र पौडेल र शेखर शेखर कोइरालाले गोप्य रुपमा भेटे ओलीलाई के फुट्दैछ काग्रेस ?

परमादेश बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले एमाले फुटाउनको लागी अध्यादेश ल्याएर एमाले र जसपा त फटाएर तर अन्तिमा यसको मार उनि स्वयंलाई पर्ने देखीएको छ ।

पार्टी फुटाउन केन्द्रिय कमिटी वा संसदीय दल कुनैमा २० प्रतिशत मात्रै भए पुग्ने सजिलो व्यवस्था गरिदिए पछि एमाले र जसपा विभाजन भएको छ भने अन्य पार्टी भित्र पनि यसको असर देखीन थालेको छ ।

एमाले फुटाउन अध्यादेश ल्याएर अहिले आफ्नै कर्मका कारण अहिले ठूलो तनावमा रहका छन् । प्रधानमन्त्री देउवा सभापती रहको पार्टी नेपाली काग्रेस पनि विभाजनका लागी भित्र भित्रै तयारी चलिरहको खुलासा भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । पौडेल र कोइरालाले बुधबार साँझ ओली निवास बालकोट पुगेर भेट गरेका हुन् ।

कांग्रेस निकट विश्वस्त स्रोतका अनुसार यी दुई नेताहरुले आज पनि ओलीलाई भेट्दैछन् । सरकारले ल्याएको अध्यादेश र एमाले विभाजन भएसँगै देउवा र कोइरालाबीच भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओलीलाई भेट्न दुवै नेता बुधबार ५ बजे बालकोट पुगेका थिए । देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा २० प्रतिशत केन्द्रीय कमिटी वा सांसद लिएर दल विभाजन गर्नसक्ने व्यवस्था गरिएको छ । कांग्रेस नेता कोइरालाले देउवाले ल्याएको अध्यादेशको विरोध गरेका थिए ।

उच्च स्रोतले दिएको जानकारी अनुसार काग्रेस फुटाएर आएमा रामचन्द्र पौडललाई प्रधानमन्त्री बनाएर जाने सम्मको तयारीमा ओली सकारात्मक देखिएका छन् । देउवाले अध्यादेश ल्याउने वित्तीकै ओलीले काग्रेसलाई पनि महंगो पर्ने चेतावनी दिएका थिए भने काग्रेस नेता शेखर कोइरालाले तत्काल अध्यादेशको कडा विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *