भारतलाई ठुलो झड्का, भारतविरुद्ध तालिवानले गर्यो नसोचेको घोषणा

भारतलाई ठुलो झड्का, भारतविरुद्ध तालिवानले गर्यो नसोचेको घोषणा

अफगानिस्तान विद्रोही समुह तालिबानले नियन्त्रणमा लिएसँगै त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको छ ।तालिबानले आफूसँगको आयात निर्यातमा रोक लगाएको भारतले जनाएको हो ।

फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ) का अनुसार पाकिस्तानको बाटोभई अफगानिस्ता जाने मालबाहक गाडीलाई रोकिएको छ ।

यसबाट लाखौँ डलरका सामान आयात निर्यातमा समस्या भएको छ । व्यापारका सम्बन्धमा अफगानिस्तान र भारत एक अर्कोकोलागि ठूलो सहयोगी मुलुक हुन्। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौं डलर लगानी समेत गर्ने गरेको थियो ।

सन् २०२१ सालमा मात्रै भारतले ८ सय ३५ मिलियन डलरको निर्यात गरेका थियो । यहि साल भारतले ५ सय १० मिलियन डलरको आयात गरेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *