आज हुने भनिएको कुलमान नियुक्तिविरुद्ध हितेन्द्र शाक्यले हालेको मुद्दाको सुनुवाइ के भयो ?

आज हुने भनिएको कुलमान नियुक्तिविरुद्ध हितेन्द्र शाक्यले हालेको मुद्दाको सुनुवाइ के भयो ?

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनः नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको पेसी सरेको छ।

सोमबार हितेन्द्रदेव शाक्यले दिएको मुद्दामा सुनवाइका लागि आज पेसी तोकिएको छ। थियो। तर आज तोकिएको उक्त मुद्दाको बेन्च नै बस्न सकेन। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीशले मुद्दाको पेशी तोकेका छन् ।

कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरि पाउँ’ भन्ने माग गरेका छन् । रिटमा शाक्यले पदाधिकारीबाट आफुलाई हटाएको आधिकारीक पत्र नपाएको र सरकारले आफुलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान संवत् अधिकार हनन भएको’ दावी गरेका छन् ।

सर्वोच्च अदालतमा सोमबार दर्ता भएको शाक्यको रिट निवेदनमा आफ्नो सहमतिबेगर विद्युत प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर गरेका छन् ।

आफूले राजीनामा पनि नगरेको र पदबाट नहटाइएको अवस्थामा सरकारले गैरकानूनी रूपमा घिसिङलाई नियुक्त गरेर एउटै पदमा दुई व्यक्ति कायम गरेको शाक्यले जिकिर गरेका छन् ।

उनले आफ्नो कार्य सम्पादन सम्झौतामा राजीनामा गरेको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने जिकिर गरेका छन् ।शाक्यले आफ्नो पक्षमा अन्तरिम आदेश मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *