संक्रमण कै कारण अस्ताए नेपाली चलचित्रका वरिष्ठ ब्यक्ति , चलचित्र जगतमा अतुलनीय क्ष्यति

संक्रमण कै कारण अस्ताए नेपाली चलचित्रका वरिष्ठ ब्यक्ति , चलचित्र जगतमा अतुलनीय क्ष्यति

 

नेपाली चलचित्रका वरिष्ठ छायाँकार भीम रानाको निधन भएको छ । संक्रमणसँग जुधिरहेका रानाको विरेन्द्र सैनिक अस्पताल छाउनीमा मंगलबार बिहान निधन भएको हो । लामो समयदेखि कोभिड–१९ को उपचार गराइरहेका रानाको मंगलबार बिहान साढे ८ बजे निधन भएको चलचित्र लेखक प्रदीप भारद्वाजले जानकारी दिए ।

उनी ५८ वर्षका थिए । रानाले नेपालमा सिनेमास्कोप प्रविधीमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण गरेका थिए । रानाले नेपालमा सिनेमास्कोप प्रविधीमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण गरेका थिए । उनले ‘माइली, लवकुश, बरमाल’ लगायतका थुप्रै नेपाली चलचित्रको छायांकन गरेका छन् ।

दुई दर्जनभन्दा बढी नेपाली चलचित्रको छायाँकन गरेका राना चलचित्र निर्माता पनि थिए । उनले सिनेमास्कोप चलचित्र ‘माइली’ निर्माण गरेका थिए । एक वर्षभित्र नेपाली चलचित्र उद्योगले चारजना वरिष्ठ छायाँकारलाई गु’मा इसकेको छ । यसअघि वैकुण्ठ मास्के, जावेद शाह, रामशंकर प्रधानको निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *