एमालेले अध्यादेशको विरोधमा आज देशभर प्रदर्शन गर्ने

एमालेले अध्यादेशको विरोधमा आज देशभर प्रदर्शन गर्ने

काठमाडौँ, भदौ १ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै नेकपा एमालेले भोली बुधबार देशभर विरोध प्रदर्शन गर्ने भ​एको छ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवासंघको आयोजनामा देशभर प्रदर्शन गर्न लागेको हो ।

युवासंघका इन्चार्ज समेत रहेका एमाले केन्द्रीय सदस्य महेश बस्नेतले राजधानीमा नयाँ बानेश्वर २ बजे र उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा बुधबार प्रदर्शन गरिने जानकारी दिनुभयो । सरकारले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या प¥ुयाए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *