राजनीति बुझेका चतुर खेलाडी देउबाको चलाखीः प्रचण्डसँग यसरी लिए बदला, खुमलटारमा तरगं

राजनीति बुझेका चतुर खेलाडी देउबाको चलाखीः प्रचण्डसँग यसरी लिए बदला, खुमलटारमा तरगं

सरकारले जारी गरेको अध्यादेश नेकपा माओवादी केन्द्र लक्षित रहेको खुलासा भएको छ । एमाले फुटाउन भनेर ल्याएको अध्यादेशले माओवादीमाथि प्रहार गरेको छ ।सरकारलले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि माओवादी फुट्ने लगभग पक्का भएको छ । एमाले र जसपा फुट्न केन्द्रीय समितिमा वा संसदीय दलमा ४० प्रतिशत पुग्ने भएपनि सरकारले २० प्रतिशत भए पुग्ने व्यवस्था गरेपछि यो माओवादी लक्षित भएको पुष्टि भएको हो ।

माओवादी केन्द्रका १३ जना सांसद अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट छन् । उनीहरुले दल फुटाएर नयाँ पार्टी दर्ता गर्ने गृहकार्य थालेका छन् । शेरबहादुर देउवा नेतृवको सरकारले अन्तिममा आएर एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी गराउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भएपनि यसले माओवादीलाई अप्ठ्यारोमा पारेको छ ।

एमालेको केन्द्रीय समितिमा ५१ प्रतिशत केन्द्रीय सदस्य माधव नेपालको पक्षमा छन् भने झण्डै तीस प्रतिशत संसदीय दलका नेता उनको पक्षमा छन् । जसपामा पनि केन्द्रीय कार्यकारीणी समितिमा ३३ प्रतिशत महन्त ठाकुरको पक्षमा छन् भने झण्डै ६० प्रतिशत संसदीय दलमा छन् ।२० प्रतिशत मात्र भए पुग्ने गरी अध्यादेश आएपछि माआवादीमा खैलाबैला भएको छ । प्रचण्ड यही विषलाई लिएर तनावमा छन् । केही दिनदेखि प्रचण्डले आफूले भनेअनुसार नभए सरकार ढालिदिने चेतावनी दिदै आएको थिए ।

त्यही कुराबाट सशंकित भएका देउवाले दल विभाजनसम्बन्धी अध्यादेशमा माओवादीलाई समेत असर पर्ने गरी व्यवस्था गरेका हुन् । यो अध्यादेश मन्त्रीपरिषद् बाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुर्याइएको छ ।एमालेका नेपाल पक्ष र जसपाका ठाकुर पक्षले हालको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढंगले अध्यादेश ल्याइएको बताए पनि अन्तत माओवादीलाई असर पुर्याउने भएको छ ।

माओवादीका ४९ सांसदमध्ये १३ जना सांसद एकजुट भएर माओवादी फुटाउने निष्कर्षमा पुगेका छन् । माओवादीभित्र प्रचण्डको नेतृत्व र पारिवारवादबाट आजित शीर्ष नेतासहित सांसदहरु विद्रोहको तयारीमा छन् ।उच्च स्रोतका अनुसार यीमध्ये ५ जना सांसदले आज विहान एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेर सहयोग मागेका छन् ।ओलीले नयाँ दल बनाउन सहयोग गर्ने वचन समेत दिएको ओली निकट एक नेताले बताए ।

माओवादीमा आफ्नी बुहारी विना मगरलाई पटक पटक मन्त्री बनाउने तर आफ्नो पालो नआएको भन्दै असन्तुष्टि छ । एमाले फुटाउन खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउँदा माओवादीकै असन्तुष्ट समूह पार्टी फुटाउने तयारीमा लागेको हो । यो प्रावधान अनुसार माओावादीमा दल फुटाउन १० जना सांसद भए पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *