माओवादी पनि फुट्दै, १३ जना सांसदले नयाँ पार्टी दर्ता गर्ने

माओवादी पनि फुट्दै, १३ जना सांसदले नयाँ पार्टी दर्ता गर्ने

काठमाडौँ – सरकारलले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि माओवादीलाई पनि प्रभावित गर्ने भएको छ । एमाले र जसपा फुटाउन ल्याएको अध्यादेशले माओवादी केन्द्रलाई पनि प्रभावित पार्ने भएको हो ।

शेरबहादुर देउवा नेतृवको सरकारले अन्तिममा आएर एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी गराउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । एमाले र जसपा फुटाउन अध्यादेश ल्याउन लाए पनि यसले माओवादीलाई पनि फुटाउने भएको छ ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश मन्त्रीपरिषद्बाट पारित गरिसकेको छ । अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुर्याइएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल समूह र जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्त ठाकुर समूहलाई पार्टी फुटाउने सहज होस् भन्ने उद्देश्यले अध्यादेश ल्याइएको हो ।

एमालेका नेपाल पक्ष र जसपाका ठाकुर पक्षले हालको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढंगले अध्यादेश ल्याइएको हो ।

तर रोचक त के छ भने एमाले फुटाउन प्रचण्डको अगुवाईमा ल्याउन लागिएको अध्यादेशले माओवादी केन्द्र पनि फुट्ने सम्भावना देखिएको छ । प्रचण्डबाट वाक्क भएका केहि नेताहरुले माओवादी पनि फुटाउने तयारी व्यापक रुपमा गरेका छन् ।

माओवादीका ४९ सांसदमध्ये १३ जना सांसद एकजुट भएर माओवादी फुटाउने निष्कर्षमा पुगेका छन् । माओवादीभित्र प्रचण्डको नेतृत्व र पारिवारवादबाट आजित शीर्ष नेतासहित सांसदहरु विद्रोहको तयारीमा छन् ।

उच्च स्रोतका अनुसार यीमध्ये ५ जना सांसदले आज विहान एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेर सहयोग मागेका छन् ।ओलीले नयाँ दल बनाउन सहयोग गर्ने वचन समेत दिएको ओली निकट एक नेताले बताए ।

माओवादीमा आफ्नी बुहारी विना मगरलाई पटक पटक मन्त्री बनाउने तर आफ्नो पालो नआएको भन्दै असन्तुष्टि छ । एमाले फुटाउन खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउँदा माओवादीकै असन्तुष्ट समूह पार्टी फुटाउने तयारीमा लागेको हो । यो प्रावधान अनुसार माओावादीमा दल फुटाउन १० जना सांसद भए पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *