ओलीलाई ठुलो झड्का दिनेगरी माधव नेपाल समूहले भित्रभित्रै गर्यो यस्तो आक्रामक तयारी

ओलीलाई ठुलो झड्का दिनेगरी माधव नेपाल समूहले भित्रभित्रै गर्यो यस्तो आक्रामक तयारी

देशव्यापी समानान्तर संगठन विस्तारमा जुटेको नेकपा एमालेको माधव नेपाल समूहले रसुवामा नेपाल खेलकुद महासंघ गठन गरेको छ । हिजो सम्पन्न एक भेलाले सन्तोष तामाङको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला समिति बनाएको हो ।

भेलाले ७ उपाध्यक्ष,एक सचिव,६ सहसचिव र एक कोषाध्यक्षसहित ४० जना सदस्य पनि चयन गरेको छ । महासंघका बाग्मती प्रदेश ईञ्चार्ज बद्री अधिकारीद्वारा हस्ताक्षरित सूचनाअनुसार समितिको वरिष्ठ उपाध्यक्ष्यमा सुरज गुरुङ चयन भएका छन् भने प्रथम,द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशस् दिनेश गुरुङ,बिनोद गुरुङ र सोमनसिंह मोक्तान चुनिएका छन् । त्यस्तै,आइडी तामाङ,राजमान नगरकोटी र सरोज पौडेल पनि उपाध्यक्ष चयन भएका छन् ।

रसुवा समितिको सचिवमा राजेन्द्र प्याकुरेललाई जिम्मेवारी दिईएको छ भने सुस्मिता बगाले,रविन्द्र श्रेष्ठ,ल्हेज्यन तामाङ,रोशन तामाङ,लामबहादुर तामाङ र उमेश गुरुङ सहसचिव चुनिएका छन् । त्यस्तै, कोषाध्यक्षमा सौरव घिमिरे चयन भएका छन् ।विभिन्न खेलमा लागेका रसुवाका सम्पूर्ण खेलाडीको हकहित र अधिकारका लागि संगठनमा गोलबद्ध गर्ने अभिप्रायले नेपाल खेलकुद महासंघ रसुवा गठन गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *