एमाले फुटाउन देउवा सरकारले थाल्यो यस्तो तयारी, माधव नेपालको गन्तब्यको पनि लाग्यो टुंगो !

एमाले फुटाउन देउवा सरकारले थाल्यो यस्तो तयारी, माधव नेपालको गन्तब्यको पनि लाग्यो टुंगो !

नेकपा एमाले फुटाउने अन्तिम तयारी भएको छ । सरकारले नेकपा एमाले विभाजनका लागि राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी गरेको हो ।

सत्तारुढ गठबन्धनमा सहभागी एमालेको माधवकुमार नेपाल समूहलाई दल विभाजन गर्न सहजता प्रदान गर्न अध्यादेश ल्याउन लागिएको हो । राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ ।

सोही प्रावधान खुकुलो बनाए ‘केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत’ पुर्‍याए विभाजनका लागि पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउन लागिएको हो ।

अध्यादेशमा दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाइनेछ । अध्यादेश ल्याउने वातावरण बनाउन सरकारले आजै रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ ।यता माधव नेपालले पनि आफ््नो गन्तव्यको टुंगो लगाएको छ । स्रोतका अनुसार नेता नेपाल नयाँ पार्टी खोल्ने निर्णयमा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *