प्रधानमन्त्री देउबा उत्रिए एक्सनमाः ओलीले नियुक्त गरेका राजदूत आचार्य, खतिवडा र पाण्डेलाई तत्काल हटाउने तयारी !

प्रधानमन्त्री देउबा उत्रिए एक्सनमाः ओलीले नियुक्त गरेका राजदूत आचार्य, खतिवडा र पाण्डेलाई तत्काल हटाउने तयारी !

तत्कालिन केपी ओली सरकारले गरेका निर्णयहरू भटाभट खारेज गरिरहेका बेला केहि देशका राजदूतहरूलाई पनि सरकारले तत्काल फिर्ता बोलाउने भएको छ । ओली सरकारले नियुक्त गरेका तीनजना राजदूतहरूलाई तत्काल फिर्ता बोलाउने सरकारले तयारी गरेको हो।सरकारले तत्काल फिर्ता बोलाउने तयारी गरेका मध्ये पहिलो चरणमा राजनीतिक पृष्ठभूमिबाट नियुक्ति गरेका तीनजना राजदूत परेका छन् ।

जसमा भारतका लागि राजदूत नीलाम्बर आचार्य, चीनका लागि राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकाका लागि राजदूत डा।युवराज खतिवडा छन् ।मुलुकको उच्च कूटनीतिक प्राथमिकता रहेका मुलुकहरूमा राजनीतिक पृष्ठभूमिका राजदूतहरूले नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने सरकारको बुझाई भएको र अहिलेको सरकारको स्प्रिटमा काम गर्न नसक्ने भएकाले उनीहरूलाई फिर्ता बोलाउने तयारी गरिएको बुझिएको छ ।

भारतले चरम असहयोग गरेपछि पहिले नै राजीनामा दिएर नेपाल फर्किन लागेका भारतका लागि राजदूत आचार्यलाई भने केपी ओलीले नफर्किन आग्रह गरेपछि रोकिएका थिए । अहिले सरकारले फिर्ता बोलाउने तयारी गरेपछि आचार्यले राजीनामा गरेरै फर्कने तयारी गरेको बुझिएको छ ।

ओली सरकारले छिमेक र ठूला देशहरूसँगको सम्बन्ध बिथोलेको र सम्बन्धहरूमा अविश्वास र आशंका बढाएको भन्दै सरकारले यी राजदूतहरूलाई तत्काल फिर्ता बोलाउने तयारी गरेको हो । पहिलो चरणमा यी राजदूतहरूलाई फिर्ता बोलाएपछि राजनीतिक पृष्ठभूमिबाट नियुक्ति गरेका अन्यलाई बोलाउने तयारी छ ।

त्यसपछि अर्को लटमा मन्त्रिपरिषद् विस्तारलगत्तै कर्मचारी पृष्ठभूमिबाहेकका सबै राजदूतहरू फिर्ता गर्ने तयारी छ। अहिलेको सरकार गथाबन्धन्को भएकाले पनि राजदूतहरू फिर्ता बोलाउन सरकार बाध्य भएको एक नेताले बताएका छन् । उनका अनुसार कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको भागबन्डा मिलाउन पनि भागबण्डामा कम्तीमा १६ मुलुकमा राजदूत सिफारिस गरिने तयारी छ ।

भारतका लागि राजदूत नीलाम्बर आचार्य तथा एमाले पृष्ठभूमिका आठजना राजदूत फिर्तापछि सरकारले २२ मुलुकमा राजदूत सिफारिस गर्नेछ। म्याद थपिएकासमेत गरी हाल १३ मुलुकमा राजदूत नियुक्ति गर्नुपर्नेछ । विभिन्न मुलुकमा नेपालका ३० दूतावास, तीनवटा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *