एमाले पार्टी अन्तिम हुदा यी २ नेता अकस्मात भारत छिरे, यस्तो रहेछ कारण !

एमाले पार्टी अन्तिम हुदा यी २ नेता अकस्मात भारत छिरे, यस्तो रहेछ कारण !

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसामु नझुक्ने र बरु नयाँ पार्टी खोल्ने बताउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि शनिवार अडान दोहोर्‍याएका छन् ।

समान हैसियतको हस्ताक्षर चल्ने अधिकारसहित एकता नभए ओलीसामु नझुक्ने अडान नेपाल पक्षको छ । पार्टीभित्र विवाद मिल्न नसकेका बेला २ जना प्रभावशाली नेताहरू अकस्मात भारतको नयाँदिल्ली पुगेका छन् ।नयाँदिल्लीको अपोलो अस्पतालमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेताहरू सुरेन्द्र पाण्डे र भीम आचार्य दिल्ली पुगेका छन् ।

नेपाल एयरलाइन्सको विमानबाट शनिबार बिहान साढे ११ बजे दुबै नेता नयाँदिल्ली गएका स्रोतले जनाएको छ । दुबै नेताले खनालसँग भेटेर पार्टी विवादबारे छलफल गर्ने जनाइएको छ ।

एमाले विभाजनको संघारमा पुगेको बेला दुबै नेताहरू पार्टी एकताको पक्षमा रहेका पक्षमा छन् । एमालेमा १० बुँदे सहमति कार्यान्यन हुनुपर्ने भन्दै पाण्डे र आचार्य सक्रिय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *