बाहिरियो देउवा र प्रचण्डको लाफडा, गठबन्धनको भविष्य नै धरापमा राखेर देउवाले चाले यस्तो कदम !

बाहिरियो देउवा र प्रचण्डको लाफडा, गठबन्धनको भविष्य नै धरापमा राखेर देउवाले चाले यस्तो कदम !

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले राखेको प्रस्ताव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाडै अस्वीकार गरेको तथ्य बाहिरिएको छ ।

सत्तासाझेदार प्रमुख दल नेपाली काग्रेसका सभापती समेत रहेका देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विचको लफडा बाहिर आएको हो ।प्रधानमन्त्रीसमेत रहेका

पार्टी सभापति शेरबहादुर देउवाका सामु उपसभापति विमलेन्द्र निधिले एमसिसी र सीमाका विषयमा सरकारका नीति तथा कार्यक्रममा प्रष्टसँग उल्लेख नगरिएकोमा आपत्ति जनाएपछि देउवा प्रचण्डबीचको विवाद बाहिरिएको हो ।

बूढानिलकण्ठस्थित देउवाको निजी निवासमा बुधबार भएको आन्तरिक बैठकमा एमसिसी र सीमाबारेका विषयमाथि निधिले थप प्रष्ट हुनुपर्ने बताएका थिए।

‘एमसिसीको विषयमा किन न्युनतम साझा कार्यक्रम मौन छरु,’ निधिका भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘एमसिसी के गर्ने भन्नेबारे किन ठोस कुरा लेख्न सकिएन ? 

मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी प्रतिनिधि सभामा छ। तर छलफलका लागि पेश गरिएको छैन । एमसिसीमार्फत् अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने भने पनि यो स्वीकार गर्ने कि नगर्ने भन्ने विवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *