नियुक्तीको २ दिन नबित्दैँ कुलमानले गरे यति ठूलो अठोट, झनै पलायो आशा !

नियुक्तीको २ दिन नबित्दैँ कुलमानले गरे यति ठूलो अठोट, झनै पलायो आशा !

उज्यालोका नायकको छवि बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो पटक नियुक्तीपछि झन् दृढ भएर अगाडी बढ्न थालेका छन् । घिसिङले विभिन्न उद्योगहरुले तिर्न बाँकी रहेको बक्यौता रकम उठाउन विशेष पहल लिएका हुन् ।

हेटौंडाको शिवम् सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी महसुल २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । घिसिङ उक्त बक्यौता रकम उठाएरै छाड्ने अठोट गरेका छन् ।

हेटौंडा–१६ मा रहेको सिमेन्ट सिमेन्ट उद्योगले उद्योग सञ्चालनका लागि लिएको डेडिकेटेड फिडरको महसुल तिर्न आनाकानी गर्दै आएको थियो । अहिले घिसिङले ‘शिवम् सिमेन्टको महसुल जसरी पछि उठाउने भन्दै बहानाबाजी गर्न नपाइन उनको भनाई छ ।

केन्द्रको भन्दै विद्युत प्राधिकरणले शिवम् सिमेन्टलाई अहिलेसम्म छुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर शशिभूषण शाहले आफ्नो अधिकार क्षेत्रभित्र परे तापनि आफूले सो उद्योगको विद्युत काट्न नसकेको स्वीकार गरेका छन् ।

केन्द्रसम्म शिवम् सिमेन्टले विभिन्न माग राखेको, निवदेन दिएको कारणले केन्द्रको दबाबमा विद्युत महसुल उठाउन नसकेको उनले बताए । प्राधिकरणले सो बक्यौता महसुल उठाउने प्रयास गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *