विद्युत् प्राधिकरणमा कुलमानले आजै देखि कार्यभार सम्हाल्दै , कुलमान र हितेन्द्रबीच भयो यस्तो सहमती

विद्युत् प्राधिकरणमा कुलमानले आजै देखि कार्यभार सम्हाल्दै , कुलमान र हितेन्द्रबीच भयो यस्तो सहमती

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ ।

वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले जानकारी दिएका छन । यो सँगै उर्जा क्षेत्रको विकासमा सँगसँगै जाने गरी कुलमान र हितेन्द्रदेब बीच सहमती भएको छ ।

आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *