सङ्क्रमण ह्वातै बढेपछि काठमाडौं उपत्यकामा निजि सवारी साधन देखि अन्य क्षेत्रका लागि नयाँ नियम लागु

सङ्क्रमण ह्वातै बढेपछि काठमाडौं उपत्यकामा निजि सवारी साधन देखि अन्य क्षेत्रका लागि नयाँ नियम लागु !

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गर्नुभएको निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको बताइएको छ । अत्यावश्यक सवारीसाधन जुनसुकै समयमा सञ्चालन गर्न पाइने जारी आदेशमा भनिएको छ ।

त्यस्तै निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ भने अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको आदेशमा उल्लेख गरिएको छ ।

‘निजी तथा सार्वजनिक सवारीसाधनहरू राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्ने भन्ने निर्णय भएको छ। राति होटलमा गएर भेला भई खानपिन गर्ने धेरै भए भनेर सो निर्णय गरेका हौं,’ प्रजिअ निरौलाले भने। राति ८ बजेदेखि लागू हुने यो नियम अर्को दिन बिहान कतिबेलासम्म लागू हुने हो भन्नेबारे भने उंहाले खुलाउनु भएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *