प्रधानन्यायाधीशमाथि औला उठाउँदा सभामुख सापकोटा फसे, राणाले कुण्ठा र पोल खोलिदिएपछि तनाव!6

प्रधानन्यायाधीशमाथि औला उठाउँदा सभामुख सापकोटा फसे, राणाले कुण्ठा र पोल खोलिदिएपछि तनाव!

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठाउँदा सभामुख अग्निप्रसाद सापकोटाले दह्रो जवाफ भेटेका छन् । उनको कुण्ठा र व्यक्तिगत इगो जबराले जवाफमा उल्लेख गरेर धज्जी उडाएका हुन् ।

सभामुख सापकोटाले प्रधानन्यायाधीश सहित उपस्थित भएर संवैधानिक परिषदले विभिन्न आयोगमा गरेको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

जसमा जबराले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत भएकाले उक्त रिट निवेदन खारेजयोग्य रहेको जवाफ दिएका छन् ।

संवैधानिक परिषद्को सदस्यसमेत रहेका सापकोटाले आफूलाई जानकारी नगराई अध्यादेश जारी गरी संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्नु संविधानविपरीत भएको भन्दै २०७७ माघ २३ मा रिट दर्ता गरेका थिए । रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बनेको नयाँ सरकारले उक्त अध्यादेश खारेज गरिसकेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कायविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको थियो ।

अध्यादेशमा टेकेर संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा ५२ जनालाई नियुक्तिको सिफारिस गरेको थियो । सापकोटाले सोही अध्यादेश र त्यसका आधारमा भएका निर्णयविरुद्ध रिट दर्ता गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले आइतबार महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा लिखित जवाफ पेस गरेका हुन् । अध्यादेश जारी गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको उनले उल्लेख गरेका छन् ।

‘राष्ट्रपतिद्वारा जारी अध्यादेश खारेज वा निष्क्रिय नभएसम्म र अदालतबाट बदर नगरिएसम्म सबैले पालना गर्नुपर्छ’, जवाफमा भनिएको छ, ‘संविधानको धारा ११४ बमोजिम जारी भएको अध्यादेशसम्बन्धमा निवेदकले उठाएका विषयमा संघीय संसद्ले विचार गर्नसक्ने र आवश्यक निर्णय दिनसक्ने हुँदा संविधानसम्मत जारी भएको अध्यादेशबमोजिम गरिएको कामलाई गैरसंवैधानिक भयो भनी लिएको दाबी मनासिब छैन ।’

प्रधानन्यायाधीश राणाले संविधान बमोजिम भएका कामले सभामुखको अधिकारको कहीँ कतै हनन नभएको भन्दै कडा जवाफ दिएका छन् ।

व्यक्तिगत कुण्ठा र स्वार्थका लागि अदालत यो रिटमा प्रवेश गर्न नमिल्ने जवाफ राणाले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *