नेपालको नेतृत्वमा बन्ने भयो समाजवादी केन्द्र, यस्तो छ पार्टी गठन र घोषणा तयारी !

नेपालको नेतृत्वमा बन्ने भयो समाजवादी केन्द्र, यस्तो छ पार्टी गठन र घोषणा तयारी !

काठमान्डौ – गत माघ १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेट भयो।

नेकपा विभाजनको संघारमा पुगेको बेला यो भेट भएको थियो । माओवादी आन्दोलनका पुराना सहयात्री प्रचण्ड र भट्टराई पुनः एक ठाउँमा उभिने सम्भावनाको खोजी गरिरहेका थिए।

०७२ साल असोज १० गते तत्कालीन एमाओवादी पार्टी परित्याग गरेर वैकल्पिक राजनीति थालेका भट्टराई विभिन्न घुम्ती पार गर्दै जनता समाजवादी पार्टीमा पुगेका छन्। 

प्रचण्डले भने माओवादी ब्रान्ड टिकाउन हम्मे परेपछि एमालेसँग चुनावी तालमेलपछि पार्टी एकता गरेका थिए। तर, नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधि सभा विघटन गरेपछि उनीहरु एकठाउँ बस्ने सम्भावना समाप्त भयो।

प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई ०७७ फागुन ११ गते सर्वोच्च अदालतले असंवैधानिक घोषित गरिदियो भने फागुन २३ मा सर्वोच्चले नै एमाले र माओवादी केन्द्रको एकतालाई पनि भंग गरिदियो। 

आगामी राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा रहेका प्रचण्डसामु भट्टराईले कम्युनिस्ट विचार बोकेर संसदीय राजनीति गरिरहेका र अन्यत्र लागेका पुराना कम्युनिस्टहरु एकै ठाउँ उभिएर ‘समाजवादी केन्द्र’ बनाउने प्रस्ताव राखे। 

उनको प्रस्तावमा प्रचण्डले समर्थन जनाए। तर, त्यसमा गहिरो छलफल भएन। त्यसयता जसपा विभाजित भइसकेको छ भने एमाले पनि फुटको संघारमा छ। भट्टराईले प्रचण्डसँग राखेको सो प्रस्तावले पनि आकार ग्रहण गर्दै गएको छ। 

माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहबीच चुनावअघि नै पार्टी एकता गर्ने र त्यो नभए चुनावका लागि मोर्चा बनाउने प्रयास भइरहेको रहेको नेताहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *