प्रधानन्यायाधीश चोलेन्द्रसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

प्रधानन्यायाधीश चोलेन्द्रसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

सभामुख अग्नि सपकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा लगायतसँग जवाफ मागेको छ । अदालतले सरकार र सम्बन्धित पक्ष्ँसँग लिखित जवाफ माग गरेको हो ।

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुखले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षी राष्ट्रपति कार्यालय, संवैधानिक परिषदको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय,

प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीसहित ३९ जनासँग लिखित जवाफ माग गरेको हो ।

सभामुख सापकोटाको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । पछिल्लो समय सर्वोच्चले गरेका फैसलाहरु चर्चा हुदैँ आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *