स्याङ्जामा ठूलै जनप्रतिनिधि बगालेको ‘ग्याङ’ पक्राउ, एमालेका नेताहरूलाई दशा लाग्यो

स्याङ्जामा ठूलै जनप्रतिनिधि बगालेको ‘ग्याङ’ पक्राउ, एमालेका नेताहरूलाई दशा लाग्यो

वालिङ । स्याङजा प्रहरीले वालिङमा जुवाको ठूलो खालमा छापामारेर एमालेका नेता एवम् जिल्ला समन्वय समिति स्याङजाका उप–प्रमुख दिलिप बगालेसहितको ठूलो ग्याङलाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षकको नेतृत्वमा आइतबार वालिङ बजारको क्याम्पस रोडस्थित एउटा घरबाट बगालेसहितको दश जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुख (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।

एसपी बोगटीले भने, ‘आज बिहानै एक जना महिलाले रुँदै फोन गर्नुभयो । मेरो पतिले जुवा खेलेर हैरान बनाउनुभयो । स्कुलको शुल्क तिर्ने पैसा पनि जुवा खेलेर सिध्याउनुभयो । घरमा खाने पनि समस्या भयो । जुवाको अडखा बन्द गरिदिनुपर्‍यो भनेर फोन गर्नुभयो । हामीले आजै छापामारेर जुवाडेहरू पक्राउ गरेका हौँ ।’

क्याम्पस रोडको घरमा दुई वटा फ्ल्याट भाडामा लिएर खेमबहादुर थापाले जुवा खेलाउँदै आएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले नगद ३५ हजार ९ सय ५० रुपियाँ बरामद गरेको छ । जुवा खेल्न प्रयोग गरिएका तास र अन्य विभिन्न सामग्रीहरू पनि बरादम भएको छ ।

जुवाको खालबाट लागूऔषध पनि बरामद भएको छ । लागूऔषध र तासको सम्बन्धका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *