देउवा सरकारले लियो अहिलेसम्मकै जोखिमपूर्ण निर्णय, को को जाने भए जेल?

देउवा सरकारले लियो अहिलेसम्मकै जोखिमपूर्ण निर्णय, को को जाने भए जेल?

काठमाडौं । सरकारले कोभिड १९ महामारीका बेला स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितता प्रकरणको छानविन गर्ने भएको छ ।

छानविनमा तत्कालीन स्वास्थ्य मन्त्रीहरु, सीसीएसमीका संयोजकसहित स्वास्थ्य सचिव, महानिर्देशक लगायत थुप्रै कर्मचारीहरु तानिने छन् । किनभने उनीहरुको नाम संसदीय समितिहरुको छानविनमा समेत आइसकेको छ ।

करोडौंको अनियमितता भएको लेखा समितिले पत्ता लगाइसकेको छ । छानविनमा तानिनेहरुको संलग्नता भएकाले जेल जाने वा दोषी ठहर हुने सम्भावना प्रबल रहेको लेखा समितिका सदस्यहरु बताउँछन् । धेरै जना जेल जानसक्ने खालको छानविन भएकाले यसलाई जोखिमपूर्ण निर्णयका रुपमा लिइएको छ ।

विश्वभर कोरोना महामारी सुरु भएसँगै नेपालमा बढ्दो संक्रमणका बिच स्वास्थ्य उपकरण खरीद प्रक्रिया विवादमा परेको थियो । बजार मूल्यभन्दा निकै महंगोमा स्वास्थ्य सामग्री आएको खुले पनि त्यतिबेला विविध कारणले छानविन अघि बढ्न सकेको थिए ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले छानविनको हिम्मत गर्दै जोखिमपूर्ण निर्णय लिएको हो । सुशासनमा खरो उत्रिरहेका देउवाले यो छानविनलाई पूर्णता दिनसके साँच्चिकै ठूलो सफलता हुनेछ ।

सत्ता गठबन्धनको कार्यदलले छानविनको सुझाव सहित सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *