उपत्यकाका ३ जिल्लामा देखियो यस्तो सङ्केत, साबधान रहनुहोला

उपत्यकाका ३ जिल्लामा देखियो यस्तो सङ्केत, साबधान रहनुहोला

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार २३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ८६६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ३८ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९३.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

त्यस्तै शनिबार काठमाडौं उपत्यकामा थप ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ। जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरी खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको हो। खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रुपमा स्वयंसेवकहरु परिचालन गरेर भएपनि सर्वसाधारणलाई सहज हुने व्यवस्था मिलाउन मन्त्रालयको अपिल छ।

मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ, ‘हाल चलिरहेका र सुरु हुने अभियानहरुमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई सहज हुने गरी व्यवस्थापन गर्नुहुन सम्पूर्ण जिल्ला खोप समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय निकाय र सबै सरोकारवालाहरुलाई अनुरोध छ।’

खोप आपूर्ति बढाउँदै केन्द्रहरु विस्तार गरेपनि खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न नसकिएको मन्त्रालयले जनाएको छ।

यस्तै उता नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा गुलरिया नगरपालिका– ९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका– २ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

योसँगै सङ्क्रमण भई अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ को मृत्यु भएको छ । जिल्लाका अस्पतालमा उपचारका लागि भर्ना हुने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पुनःबढ्दै गएको छ ।

सङ्क्रमण दर बढ्दै गएपछि प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न पुनःसचेत पारेको छ । परीक्षणको नतिजाबाट सङ्क्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि पूर्वसावधानी अपनाई सङ्क्रमणदर शून्यमा झार्न सबैको अह्म जिम्मेवारी र भूमिका रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

जिल्लामा निषेधाज्ञा कायमै रहेको अवस्थामा विभिन्न व्यक्ति र समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सार्वजनिक गतिविधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न जाने भएकाले तत्काल त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *