पौडेल समूहद्वारा महाधिवेशन बिथोल्ने हर्कत शुरु, एमालेभित्रको रोग सल्कियो

पौडेल समूहद्वारा महाधिवेशन बिथोल्ने हर्कत शुरु, एमालेभित्रको रोग सल्कियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई लिएर नेता रामचन्द्र पौडेल समूहले लफडा शुरु गरेको छ । पौडेल समूहले सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई असहयोग शुरु गरेको छ ।

देउवाले भदौमा तोकिएको समयभित्र महधिवेशन गर्ने भनेका छन् । देउवाले विभिन्न दलबाट आएका नेता कार्यकर्तालाई समायोजन पनि सकेका छन् । क्रियाशील सदस्यताको अधिकांश विवाद पनि मिलाएका छन् ।

नेता पौडेल सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दवावमा राखेर कांग्रेसका दुई वटा सभापति बनाउन चाहेका छन् । पौडेलले देउवाको बद्नाम गर्न महाधिवेशन विरोधी गतिविधि गरेका छन् ।

केही जिल्लाहरू बाहेक देउवाले सबै कुरा मिलाएका हुन् । तर, पौडेल समूहले सहमतिमा समायोजन भएका जिल्लाहरूको पनि विवाद निकालेको छ । विवाद छ भने पार्टीभित्र छलफल गरेर समाधान गर्न सकिन्छ । तर, पौडेल समूह समहमित भइसकेका विवाद झिकेर लफडामा लागेको हो ।

भदौमा महाधिवेशन भएन भने देउवालाई सभापति मान्न नसकिने पौडेलले सार्वजनिक रुपमा भनेका रहेछन् । पौडेललाई पनि नेता नमान्न सकिन्छ यो कुरा उनले भुलेका छन् ।

मिलेर सहमतिमा महाधिवेशन गर्नुपर्नेमा पौडेलको हर्कतले कांग्रेसमा नयाँ क्रियाशील सदस्यता दिएका छन् । पौडेल समूहको गुटको हर्कतले कांग्रेसका हजारौँ नयाँ क्रियाशील सदस्यतहरू मतदानबाट बञ्चित हुने पक्का छ ।

देउवा प्रधानमन्त्री छन् । सरकारलाई सहयोग गर्नुपर्ने बेला पौडेल समूहले विगतमा नेकपा र एमालेभित्र देखिएका विवाद जस्तै गरेर बखेडा झिकेको आरोप छ ।

यस्तै अवस्था पौडेल समूहले गरिरह्यो भने कांग्रेस नेतृत्वको सरकार र कांग्रेस पार्टीभित्र ठूलो संकट उत्पन्न हुने पक्का छ ।

पौडेल समूहलाई केही विदेशी तत्वहरूले उचालेका कारण प्रधानमन्त्री देउवा, सरकार र १४औँ महाविधेश भाँड्ने अभियानमा लागेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *