ओलीकै बिश्वाशपात्रले गराए महिला अपहरण, ट्वाइलेटबाटै भागेपछि यसरी भयो पर्दाफास !

ओलीकै बिश्वाशपात्रले गराए महिला अपहरण, ट्वाइलेटबाटै भागेपछि यसरी भयो पर्दाफास !

काठमाडौं – अल्पमतमा परेको सरकार जोगाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले महिला सांसदको अपहरण गराएको खुलासा भएको छ ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा सांसद विमला खत्री वलीले अपहरणपछि मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई बन्धक बनाएर राखिएको खुलासा गरेकी छन् ।

उनी ट्वाइलेटबाट भागेर बाहिर आएपछि घटनाको पर्दाफास भएको छ । आज बिहीबार पत्रकार सम्मेलन गर्दै सांसद विमलाले आफूलाई जबरजस्ती मुख्यमन्त्री निवासमा पुर्‍याइएको खुलासा गरिन् ।

तुलसीपुरबाट उपचारका लागि नेपालगञ्ज जान लागेको समयमा नेकपा एमालेका लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर रावतले आफूलाई गाडीमा राखेर जबरजस्ती बुटवल पुर्‍याएको आरोप लगाएकी छन् ।

माओवादी रोजेपछि नेकपा एमालेमा आउन निरन्तर दबाब र प्रलोभन दिइएको विमलाले बताइन् । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाब दिइयो, मैले इन्कारी जारी राखिरहें ।

साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को २–३ वटा माइन्युट जस्ता रजिस्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो ।

यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिएँ तर अझ कडाइका साथ साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो,’ विमलाले विज्ञप्तिमार्फत भनिन् ।

नेकपा एमाले लुम्विनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको दाबी गरेको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका हुन् ।

मुख्यमन्त्रीसँग छलफल गर्न सहज होस भनेर वलीले नै भनेकाले निवासमा राखिएको उनले बताए । उनले एमालेमै फर्किएको विज्ञप्ति पनि वलीकै इच्छाअनुसार सार्वजनिक भएको जिकिर गरे ।

यसअघि प्रदेशसभा सदस्य विमला वलीले पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्‍याएर राखेको र आफू भागेर निस्कन सफल भएको बताएका थिए ।

यसैबीच लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा प्रमुख सचेतक ढकालले आपत्ति जनाए । ढकालले संविधानको धारा १६८ ९१० अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *