कुलमान र हितेन्द्रदेवको बीचमा तेस्रो व्यक्तीको ईन्ट्री, को हुन त उनी ?

कुलमान र हितेन्द्रदेवको बीचमा तेस्रो व्यक्तीको ईन्ट्री, को हुन त उनी ?

कुलमान घिसिङलाई नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्ती गर्ने प्रक्रिया नेपाल सरकारले अघि बढाइरहका बेला नेपाली जनतामा खुशी बहार छाएको छ भने केहीलाई भने यहि खबरले खपीनसक्नुको छट्पटी भएको बुझीएको छ ।

कुलमानको पुन आगमनको खबरले उखरमौलौ भएका एक व्यक्ति हुन् प्राधिकरणकै पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले । उनी कुलमानको नियुक्ती रोक्न न्वारनदेखिको बल लगाईरहेको खुलासा भएको छ ।

कुलमान भन्दा अगाडी प्राधिकणको नेतृत्वमा रहेका मकुश काफ्लले कुलमानको पुन नियक्तीको चर्चा चले सँगै फेरी खेदो खन्न थालेका छन् । लामो समय चुपचाप बसेका काफ्ले फेरी बोल्न थालेका छन् ।अब कुलमानलाई प्राधिरकणको कार्यकारी निर्देशक होइन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बनाउन पर्ने भन्दै काफ्लेले व्यंग्य गरेका छन् ।

लोडसेडिङ अन्त्य गर्न प्राधिकरण भन्दा मन्त्रालयकै नेतृत्व जरुरी भएको भन्दै पूर्व प्रबन्ध निर्देशक मुकेश काफलेले घिसिङलाई उर्जामन्त्री बनाउन प्रस्ताव गरेका हुन् । सिधा वुझ्दा राम्रो सुनिए पनि कुलमानलाई इन्सल्ट गर्न काफ्लेले यस्तो बताएका हुन् ।

‘बिधि र पद्धतीअनुसार बिद्युत प्राधिकरणमा प्रमुख नियुक्त गर्ने कुनै आधार छैन, अहिले चार बर्षका लागि हितेन्द्रदेव शाक्य प्रमुख हुनुहुन्छ, उहाँलाई हटाउन सक्ने कानून छैन, कानुनी आधारबिना बिद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न सकिदैन,’ काफ्लेले भने, ‘कुलमान घिसिङले प्राधिकरणमा राम्रो काम गर्नुभयो, आफ्नो कार्यकाल पूरा गरेर जानुभयो, अव उहाँलाई नै उर्जामन्त्री बनाउनु पर्छ ।’ काफ्लले भनेका छन् ।

कुलमानलाई सुरु देखीनै खेदो खन्दै आएका काफ्लले कुलमान नियुक्ती हुने वित्तिकै कुलमानले माघ महिनामा लाडसेडिङ अन्त्य गरे आफु टुँडिखेलमा झुण्डिने बताएका थिए । काफ्लले जनताको ध्यान अन्यत्र मोडेर आफ्नो स्वार्थ पूर्ति गर्ने खेलमा मन्त्री र माओवादी नेतृत्व लागेको आरोपसमेत लगाउए ।

कुलमान उर्जामृन्त्रीका लागि योग्य हुनुहुन्छ, उहाँलाई नै मन्त्री बनाउनु पर्छ, एक टेलिभिजनसँगको अन्तर्वार्तामा बिद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक काफ्लेले भने ।उनले यो प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसाल तयार हुनुहुन्छ ? भन्ने प्रश्न पनि गरे ।

यस अघि पहिलो कार्यकाल सकेर कुलमानको पुन नियुक्तीका लागी जनताले व्यापक दवाव सिर्जना गरेका बेलामा पनि प्राधिरकणका पूर्व कार्यकारी निर्देशक काफ्लले कुलमान विरुद्ध ठूलो क्याम्पेङि गरेका थिए । बेलाखत कुलमानले नभइ आफुले लोडसेडिङ अन्त्यको योजना बनाएको भन्न समेत बाँकी नराखेका काफ्लेको कार्यकालमा मूलुकमा दैनिक १८ घण्टा सम्म लोडसेडिङको मारमा जनता परेका थिए ।

काफ्ले कार्यकारी प्रमुख भएकै अवस्थामा तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले उनलाई हटाएर कुलमानलाई प्राधिकरणको प्रमुख बनाएका थिए । त्यहि बेला देखीको रिस काफ्लले अहिले पनि देखाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *