ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाल समुह, केन्द्रीय कमिटी बाट गर्दै छ वारपारको यस्तो निर्णय !

ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाल समुह, केन्द्रीय कमिटी बाट गर्दै छ वारपारको यस्तो निर्णय !

काठमाडौँ – नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आयोजना किन गरिरहेको छ भन्ने चर्चा चौतर्फी हुन थालेको छ।  केहि समय पहिले केन्द्रिय कमिटीमा बहुमत पुराएर ओलीलाई अध्यक्ष बाट हटाउने रनिनिती भएको चर्चा पनि भएको थियो।

के ओलीलाई अध्यक्ष बाट हटाउने रणनीति होला त ? माधव नेपाल निकट मनिनी एकजना नेताका अनुसार ओली एमालेको कुनै पनि साईनो सम्बन्ध नरहने गरि कदम चालिने बताएका छन्।  

ओलीको हातमा एमाले रहेको अवस्थामा पार्टीको बद्नाम हुने भन्दै निर्णायक कदम चल्ने तयारी गरेको उनले बताएका छन्। हामीले पार्टी मिलाउने प्रयत्न गरेउ तर ओली त्यो बाटोमा नरहेको उनको भनाई छ। 

माधव नेपाल संग ओलीलाई हटाउने सक्ति छ ? माधव नेपाल पक्षका नेताहरुले दाबि गर्दै आए अनुसार नेकपा एमालेको केन्द्रिय कमिटीमा ओली समूह भन्दा बहुमतमा छन्। 

संसदिय दलमा केहि तलमाथि भए पनि निर्णायक कदम चाल्ने बेलामा दुवै तिर बहुमत पुराउन सकिने र ओलीलाई अध्य्क्ष तथा संसदिय दलको नेता बाट हटाउन सकिने नेपाल समुहको दाबि छ। 

तर एमाले संस्थापन समूहले भने एमालेका तर्फबाट आज केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको जनाएको छ। ‘पटक पटक एमालेको नामबाट अनाधिकृत गतिविधि गर्ने र

सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गरिन्छ प्रेस वक्तव्यमा उल्लेख छ।

एमालेभित्र लामो समयदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन। नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने बताउँदै आएका छन्।तर एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल बाहेकलाई मात्रै पार्टीमा स्थान दिन सकिने बताउँदै आएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *