ओली समूह भित्र पहिलो पटक यी ४ नेताले गरे बिद्रोह, नेपालले आट गरे साथ् दिने घोषण !

ओली समूह भित्र पहिलो पटक यी ४ नेताले गरे बिद्रोह, नेपालले आट गरे साथ् दिने घोषण !

नेकपा एमालेले सोमबार गठन गरेको पार्टीका नौ केन्द्रीय विभागमा अध्यक्ष केपी शर्मा ओलीले गरेको नियुक्तिप्रति एमालेभित्रै असन्तुष्टि देखिएको छ । अध्यक्ष ओलीले एकपक्षीय ढंगले गरेको नियुक्तिमा माधव पक्षलाई ‘बाइपास’ मात्रै नगरेर ओली समूहकै नेताहरुलाई समेत पाखा लगाइएको भन्दै ओली समूहमै असन्तुष्टि बढेको हो ।

एमाले नेताहरुका अनुसार पार्टीका महत्वपूर्ण विभागहरु गठन र त्यसमा सदस्यहरुको नियुक्ति समानुपातिक,समावेशी र योगदानका आधारमा गरिनुपर्नेमा त्यसो नगरी अध्यक्ष ओलीले आफ्नै कोटरीका नेतालाई स्थान दिएपछि असन्तुष्टि बढेको एमाले नेताहरुले बताएका छन् ।

त्यतिमात्रै होइन,गठन गरिएका नौ विभागमध्ये ३ वटा विभाग प्रमुखमा ओलीसहित तीनजना झापालीले नेतृत्व पाएका छन् । प्रधानमन्त्री हुँदा आफ्ना आसेपासेलाई मात्रै अवसर दिएको भनेर विवादमा मुछिएका ओली सरकारबाट हटिसकेपछि पार्टी पुनर्गठनमा समेत आफन्त र जिल्लाबासीभन्दा टाढा जान नसकेको भन्दै ओलीकै नजिकमा रहेका नेताहरुले समेत गुनासो गरेका छन् ।

सोमबार गठन भएको नौ विभागमध्ये ओली आफैले स्कुल विभागको नेतृत्व लिएका छन् । झापाको गैराहदका अग्नि खरेल निर्वाचन विभाग प्रमुख बनेका छन् ।

त्यस्तै स्थानीय तह विभाग प्रमुखमा ओलीलाई झापामा चुनाव जिताउने खटिने अर्का झापाली देवेन्द्र दाहालले नियुक्ति पाएका छन् । खरेल यसअघि ओली सरकारका पालामा महान्यायाधिवक्ता समेत भएका थिए । खरेल र दाहाल दुवै झापाका बासिन्दा हुन् ।

‘प्रधानमन्त्री हुँदा झापाको मेची अञ्चल अस्पताल र मेची क्याम्पसको स्तरोन्नति गर्न नमान्ने बरु दमकमा भ्युटावर निर्माण गर्न अर्बौं रुपैयाँ छुट्याउन हौसिने ओलीको क्रियाकलापबाट झापाको दमक बाहेकका एमाले कार्यकर्ता खुसी हुने ठाउ नै छैन’,झापाका एक एमाले नेताले भने,

ओलीले आफ्नै किचेन क्याविनेटका सूर्य थापा,विष्णु रिमालहरुबाहेकको कुरा नसुन्ने भएकाले उनीहरुले भनेका मान्छेहरु नै अधिकांशलाई विभागमा पारिएको छ ।’

नौ विभागमा गरेको नियुक्तिलाई एमालेका एक स्थायी समिति सदस्यले व्यङ्ग्य गर्दै भने, ‘विभागहरुमा राखिएका नामहरु हेर्दा एमालेको केन्द्रीय विभाग नभएर केपी ओलीको चुनावी प्रचार विभागजस्तो देखिन्छ,यसले पार्टीका नेता कार्यकर्तालाई न्याय गर्दैन ।’

ती नेताका अनुसार परराष्ट्र मन्त्रालयसमेत चलाइसकेका प्रदीप ज्ञवालीलाई विदेश विभाग प्रमुख बनाएर अरु नेतालाई प्रचार विभागमा राख्न केही नेताले प्रस्ताव गरे पनि ओलीले त्यो कुरा सुन्नै चाहेनन् ।

‘पार्टी एकताको भावना र पहिलाको जिम्मेवारीका हिसावले पनि ज्ञवालीलाई विदेश विभाग प्रमुख बनाउँदा उपयुक्त हुन्छ भन्ने प्रसंग चलेको हो,तर उहाँले विदेश विभाग प्रमुखमा राजन भट्टराईको नाम हटाउन चाहनुभएन’,एक स्थायी समिति सदस्यले भने, ‘ओली आफ्नो कोटरीबाट टाढा जानै सक्नुभएन ।’

सोमबार गठन गरिएका नौ विभागमध्ये स्कुल विभाग प्रमुख ओली आफैंले राखेका छन् भने संगठन विभाग प्रमुख विष्णु प्रसाद पौडेल,संसदीय विभाग प्रमुख सुवासचन्द्र नेम्वाङ,आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल रहेका छन् ।

त्यस्तै प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवाली र विदेश विभाग प्रमुख राजन भट्टराई रहेका छन् । रिमाल र भट्टराई ओली प्रधानमन्त्री हुँदा उनका सल्लाहकारका रुपमा काम गरेका थिए । त्यस्तै पर्यटन तथा प्रवद्धन विभाग प्रमुखको जिम्मा भानुभक्त ढकालले पाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *