सरकारले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईको मध्यरातमा आयो यस्तो कडा स्टाटस, देउवा माथि नै उठाए प्रश्न

सरकारले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईको मध्यरातमा आयो यस्तो कडा स्टाटस, देउवा माथि नै उठाए प्रश्न

सरकारले कारवाहीका लागि प्रकृया पुर्याउन स्पष्टीकरण सोध्ने निर्णय गरे पछि रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराई रु ष्ट भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसवुक मार्फत लामो स्टाटस लेख्दै रिस पोखेका हुन् । उनले प्रधानमन्त्री शेरवहादुर देउवा माथि नै प्रश्न उठाउँदै स्टाटस लेखेका छन् ।

दिउसो बसेको मन्त्रीपरिषदको बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सो सम्बन्धी समाचार बाहिरिएपछि भट्टराईले सामाजिक सञ्जाल फेसवुकमा मध्यरातमा स्टटास लेखेका हुन् ।
उनले बुधबार राती प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति सामाजिक सञ्जालमार्फत आ क्रो श पोखेका हुन् ।

बुधबार मध्यरात आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफूलाई स्पष्टीकरण सोधिएकामा आपत्ति जनाएका छन् । ‘शेरबहादुर, प्रचण्ड, माधव सरकारले मलाई आचरणको स्पष्टीकरण सोध्न मिल्छ तर त्यसको आधिकारिकता वा कानुनी प्रश्नको फाइल कम से कम सचिव स्तरबाट उठ्नुपर्छ,’ उनले प्रश्न गरेका छन्, ‘मन्त्रालयमा फाइल नल्याइ, मन्त्रिपरिषदको विधि उल्लंघन गरेर ठाडो आदेशमा गुरु भट्टराईलाई २८ दिने सरकारले स्पष्टीकरण दिने ?’

उनले आफ्नो गल्ती पुष्टि गर्न चुनौती दिएका छन् । लगत्तै अर्को स्टाटस लेख्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवामाथि टिप्पणी गरेका छन् । देउवाले आफ्नो सालोलाई एजेन्ट बनाएर मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको भनेर तत्कालीन शाही आयोगले थुनामा पठाएको भन्दै उनले लेखेका छन्, ‘अहिले गुरु भट्टराईले विभिन्न योजनामा चलखेल गरेको स्पष्टीकरण सोधिएको भन्ने छ, नेपाल रेलवे कम्पनीले आयोजना सम्बन्धी काम गर्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *