मन्त्री नियुक्त भएको १० दिन नबित्दै श्रेष्ठले गरे यस्तो घोषणा, चौतर्फी वाहीवाही !

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

१० साउनमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठले आफूले काम गरिरहेका व्यावसायिक संस्थाहरूबाट अलग भइसकेको पनि घोषणा गरेका छन् । उनको घोषणाको चौतर्फी प्रशंसा भएको छ ।

राज्यमन्त्री श्रेष्ठले १ सय दिनको भावी कार्ययोजना सार्वजनिक गर्दै खोपको वितरण तथा व्यवस्थापनमा बढी जोड दिने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *