आजैका दिनदेखि बादललाई अध्यक्ष ओलीले दिए यति ठूलो जिम्मेवारी

आजैका दिनदेखि बादललाई अध्यक्ष ओलीले दिए यति ठूलो जिम्मेवारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा ‘बादल’लाई विशेष जिम्मेवारी दिईएको छ । आईतबार बसेको एमाले स्थायी कमिटी बैठकले बादललाई विधान महाधिवेशन व्यवस्थापन कार्यदलको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको छ ।

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ ।

संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विधान महाधिवेशनको प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक आगामी हप्ता आयोजना गरिने भएको छ । बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरूमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरूमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *