सभापति खुस्किने महाधिवेशन किन गर्छन् देउवा ?

सभापति खुस्किने महाधिवेशन किन गर्छन् देउवा ?

काठमाडौं । प्रयाःजसो नेताहरु भन्ने एउटा र गर्ने अर्को गर्छन् जसका कारण उनीहरुको हित हुने गरेको छ । पछिल्लो समय प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यो मामिलामा चतुर बनेका छन् ।

उनले कार्यकर्ताको भावनाको सम्वोधन गर्न तोकिएको समयमा नै महाधिवेशन हुने भन्दै आएका छन् तर केन्द्रीय महाधिवेशन हुन एक महिनामात्र बाँकी हुँदासम्म निर्देशिका बनेको छैन । उनी निश्चित नै हुने गरी महाधिवेशन गर्ने भनेर भाषणा ठोकिरहेका छन् ।

जान्नेबुझ्नेहरुले यसलाई देउवाको चालबाजीको रुपमा लिएका छन् । महाधिवेशन हुँदैन भन्दा कार्यकर्तामा आक्रोश हुने भएकाले पनि उनले त्यसलाई थामथुम पार्न महाधिवेशनको रटान लगाइरहेका छन् । कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेबाट इकाई अधिवेशन हुने भनिएको थियो ।

क्रियाशीलताको विवाद पनि मिलेको छैन । क्रियाशील सदस्यता छानबिन समितिले १२ गते अन्तिम नामावली पार्टी सभापतिलाई बुझाएको थियो । देउवा आफ्नो कार्यकाल लम्ब्याउनका लागि पनि विवाद छिटो मिलोस् भन्ने पक्षमा छैनन् । उनले जति धेरै टाढासम्म महाधिवेशन धकेल्न सकिन्छ त्यति नै आफूलाई फाइदा हुने भनेर सोच्दै आएका छन् ।

एकातिर देउवाको यो भनाई आएको छ भने अर्कातिर पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताको धर्ना जारी छ । परिस्थितिलाई थप जटील बनाउने र महाधिवेशन नगर्ने दाउमा देउवा लागेका हुन् कि भनेर सजिलै अनुमान लगाउन सकिन्छ । उनले सक्रियता देखाएर विवाद मिलाउने चासो देखाएका छैनन् ।

महाधिवेशन भयो भने आफ्नो सभापति पद रहन्छ कि रहँदैन भन्नेमा देउवा अन्यौलमा छन् । महाधिवेशनबाट पनि सभापतिभन्दा ठूलो पद नआउने भएकाले देउवा सभापति छँदैछन् किन महाधिवेशन गर्छन् भन्ने पनि विश्लेषण हुन थालेको छ । महाधिवेशन गरेपछि पार्टीमा आन्तरिक द्धन्द्ध हुने र त्यसको असर आगामी स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पर्ने निश्चित नै छ त्यसैले पनि देउवालाई कुनै पनि अवस्थामा महाधिवेशन गर्न मन नभएको समाचारस्रोतले बताएको छ ।

उनी यी सबै निर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गर्ने दाउमा छन् । प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस ठूलो पार्टी हुने र सरकार बनाउने त्यसको नेतृत्व आफैंले गर्न पाउनेमा पनि देउवा ढुक्क छन् ।

परिवर्तित विधान अनुसार सबै गुटको भागवण्डामा उनले नयाँ केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाएपछि पार्टीको वैधानिकताको प्रश्न नउठ्ने उनको भनाई छ । देउवाले जहिले महाधिवेशन भए पनि सभापति आफैं हुने सपना देखेका छन् । यदी कुनै कारणले उनले सभापति हार्ने अवस्था आयो भने त्यो उनको लागि दुःखदायी हुने भएकाले पनि देउवाले महाधिवेशन गर्ने सोच बनाएका छैनन् । उनले गुटका आधारमा पद बाँड्ने भएकाले पनि अरु सबै पक्षको चित्त बुझाएर उनले केन्द्रीय समिति घोषणा गर्दै निर्वाचन आयोगमा बुझाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *