देउवाले सरकारमा प्रचण्डका यी खास मान्छेलाई नै मागेको जिम्मेवारी दिन अस्विकार गरेपछि माओवादीमा हल्लीखल्ली !

देउवाले सरकारमा प्रचण्डका यी खास मान्छेलाई नै मागेको जिम्मेवारी दिन अस्विकार गरेपछि माओवादीमा हल्लीखल्ली !

नेकपा माओवादी केन्द्रका एक प्रभावशाली नेतालाई नै सरकारमा महत्वपूर्ण स्थान नदिइएपछि पार्टी पंक्तीमा हलचल मच्चिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद विस्तारमा सत्तारुढ दलमध्येका मुख्य दल नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने विषयमा लविङ भएको थियो ।

श्रेष्ठले पनि आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुने इच्छा देखाएका थिए । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्दा उपप्रधानमन्त्रीसहित जिम्मेवारी दिनुपर्ने अडानमा श्रेष्ठ थिए ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी गराउने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री देउवाले नेता श्रेष्ठलाई उपप्रधानमन्त्री दिन नसकिने जनाउ दिएको स्रोतको भनाइ छ । यो जानकारीपछि माओवादीमै हल्लीखल्ली मच्चिएको छ ।

एकाथरी नेताहरु देउवाले माओवादीभित्र खेल्न खोजेको आशंका गर्न थालेका छन् भने एकाथरी नेताहरुले भने आफ्नो पार्टीका विषयमा देउवाले भनेर नहुने बताउन थालेका छन् ।

देउवाले आफूलाई अस्वीकार गरेको थाहा पाएपछि नारायणकाजी केही दिनदेखि असन्तुष्ट देखिएका थिए । असन्तुष्ट देखिएका नारायणकाजीलाई फकाउन पनि आज प्रचण्डले श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणी पोखरेल लगायत नेताको उपस्थितिमा हरिसिद्धिस्थित श्रेष्ठकै निवासमा बैठक राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *