अध्यक्ष ओलीले पार्टीमा ठाउँ नदिने बताईरहेका बेला देउवा प्रचण्डले पनि माधव नेपाललाई दिए अल्टिमेटम !

अध्यक्ष ओलीले पार्टीमा ठाउँ नदिने बताईरहेका बेला देउवा प्रचण्डले पनि माधव नेपाललाई दिए अल्टिमेटम !

सत्तारुढ गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारमा सहभागिताको बिषयलाई लिएर एमालेको माधव समुहलाई अल्टिमेटम दिएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच आज भएको छलफलमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बिषयमा माधव समुहलाई भोलिसम्मको समयसीमा तोक्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आज गम्भीर छलफल भएको थियो । सत्तारुढ गठबन्धनमा मन्त्रालय बााडफाँट र माधव समुहको सहभागिताको बिषय टुंगो नलाग्दा मन्त्रिपरिषद बिस्तार नै हुनसकेको छैन ।

माधवले निर्णय नगर्दा सरकारलाई पुर्णता दिएर कोरोना महामारीबिरुद्ध जुटनु पर्नेमा सत्तारुढ गठबन्धन दिनदिनै मन्त्री छनोटको बार्तामा बसिरहेका छन ।प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच आज भएको छलफलमा मन्त्रालय बाँडफाँडको बारेमा गठबन्धनका अन्य नेताहरूसँग पनि कुराकानी गर्ने समझदारी भएको छ ।

प्रचण्डले माधव नेपाल पक्षलाई ६–७ वटा मन्त्रालय दिन गठबन्धनका नेताहरू तयार रहेको भन्दै तत्काल एमाले त्यागेर सरकारमा सहभागी हुन दैनिक अफर गरिरहनु भएको छ । समय घर्किदै गएपछि भने देउवा र प्रचण्डले माधवलाई समयसीमा तोेकेका हुन् ।

माधव समुहमा २० जना सांसदहरु देउवालाई भोट हालिसकेको कारण सरकारमा जानै पर्ने दवाव दिइरहेका छन । एमालेबाट मात्रै नभई जीवनकै अन्तिम पटक सांसद बन्ने अवस्था आएपछि उनीहरुले मन्त्रीका लागि माधवलाई दवाव दिएका हुन ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको बिवादको छिनोफानो गर्न आजसम्मको समय तोकिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *