आफ्नो पक्षमा माहोल हुँदाहुँदै पनि ज्ञानेन्द्र शाह चुप र मौन बस्नुको भित्री रहस्य यस्तो

आफ्नो पक्षमा माहोल हुँदाहुँदै पनि ज्ञानेन्द्र शाह चुप र मौन बस्नुको भित्री रहस्य यस्तो

राजा ज्ञानेन्द्र शाहले केही समय पहिले जनताहरुले चाहे आफू आउने चाहना व्यक्त गर्नु भएको थियो । हालको वर्तमान अवस्थामा शत प्रतिशत जनताले राजा ज्ञानेन्द्र शाहलाई चाहन असम्भव छ भन्ने कुरा पनि यकिनका साथ राजा ज्ञानेन्द्र शाहलाई थाहा छ ।

राजा ज्ञानेन्द्र शाहले नेताहरू र नागरिकहरु कस्ता छन भन्ने कुरा पनि राम्ररी पहिचान गरिसक्नु भएको छ । हालको वर्तमान समयमा राजा ज्ञानेन्द्र शाहलाई जतिले चाहेका छन् त्यही संख्या नै काफी र अत्याधिक छ राजा ज्ञानेन्द्र शाहलाई थाहा छ ।

नेताहरूको कारण मुलुक दुर्घटनामा पर्ने समयमा नदुखेको टाउको दुखाइ राजा ज्ञानेन्द्र शाहले जानीजानी कदापि आगोमा हात हाल्नु हुन्न ।नागरिकहरुले आफुले निम्त्याएको पाप आफैले भुगतन अब बेर छैन समय नजिकिँदैछ । यस कुरालाई राजा ज्ञानेन्द्र शाहले बुझी सक्नु भएको छ ।

जनताहरुले राजसंस्थाको गरिमामय र महत्त्वलाई बुझेनन् । यसकारण राजा ज्ञानेन्द्र शाहले अब भीर बाट खस्ने जनताहरुलाई राम राम भन्न मात्र सक्छन् काँध थाप्न जान सक्दैनन मेरो बुझाइ छ ।नेपालमा अब हुने दुर्घटनाको परिणाम नेताहरूको कारणले नेपालीहरुका लागि अत्यन्त दुःखद र भयावह हुनेछ कुरा राजा ज्ञानेन्द्र शाहले राम्ररी बुझी सक्नु भएको छ ।

यसकारण राजा ज्ञानेन्द्र शाहले आफ्नो पक्षमा माहोल हुँदाहुँदै पनि चुप र मौन हुनुहुन्छ ।शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञान बहादुर कार्की अर्थमन्त्री भएको समयमा एमसीसी सम्झौता भएको थियो । नेताहरूले एमसीसी सम्झौता हुँदा बखतमा प्रायःजसो नेताहरूले एमसीसी को पैसा हजम अर्थात पचाई सकेका छन् । एकथरी नागरिकहरु एमसीसी ल्याउन लागी परेका छन भने अर्कोथरी नागरिकहरु एमसीसी को विरोधमा छन् ।

यसले गर्दा मुलुकमा अस्थिरता र रक्तपात हुने निश्चित छ । एमसीसी को कारणले नेपाली नागरिकहरु बीच एक आपसमा टकराव निश्चित छ । मुलुकमा नेताहरुको आ आफ्नो स्वार्थ छ ।म अमेरिकाको एमसीसी र चाइनाको बिआरआइ सम्झौता कसैलाई पनि दोष दिन चाहन्न । दोषी र जिम्मेवार नेपालका नेताहरू र मुुुख्य जनताहरु नै हुन ।

नेपाली जनताहरु र नेताहरूले राजसंस्थाको महत्त्वलाई बुझ्न सकेनन । मुलुकभर जताततै सडकमा गई उफ्रि उफ्रि राजसंस्थाको विरोधमा नारा लगाउने राजसंस्था प्याक्ने जनताहरु हुन । विश्वासघाती र गद्दार नेताहरू चुन्ने पनि जनताहरु नै हुन । यसकारण राजसंस्था फ्याँकेको महापाप अब नेपाली जनताहरु र नेताहरूलाई लाग्छ लाग्छ ।

म सर्व साधारण नागरिकलाई अब मुलुकमा हुने समसामयिक अवस्थाहरु बारे थाहा छ भने अब मुलुकमा हुने संभावित घटनाहरु बारे राजा ज्ञानेन्द्र शाह पक्कै पनि अनभिज्ञ हुनु हुन्न जस्तो मलाई लाग्छ ।

तर नेपाली जनताहरुका लागि हिन्दी मा एउटा उखान छ जैसी करनी वैसी भरनी भनाइको तात्पर्य मानिसले जस्तो कर्म गर्छ उस्तै फल पाउँछ ।नेपाली जनताहरुले मुलुकमा राजसंस्थाको स्थायित्व र महत्त्वलाई बुझेनन यसकारण मुलुकमा हुने दुर्घटनाको सजायको भागीदार सर्वप्रथम जनताहरु नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *