कोरोना संक्रमण दर तीव्र बढ्न थालेपछी शनिबारदेखि झापामा निषेधाज्ञा काठमाडौंमा हुन्छ कि हुदैन ?

कोरोना संक्रमण दर तीव्र बढ्न थालेपछी शनिबारदेखि झापामा निषेधाज्ञा काठमाडौंमा हुन्छ कि हुदैन ?

काँकडभिट्टा — जिल्लामा कोरोना संक्रमण दर तीव्र बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले शनिबारदेखि पूर्ण रुपमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति र पालिकाहरुको बैठकले साउन १६देखि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाए।

प्रजिअ तिम्सिनाले संक्रमणको चेन ब्रेक गर्न जिल्ला भर एक रुपमा कायम हुने गरी कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय भएको जनाए । यसअघि जिल्लाका १० पूर्ण वा आंशिक रुपमा पालिका सिल गरिएको छ ।कोरोनाका तेस्रो भेरियन्टसमेत देखा परिसकेकाले सबै स्थानीय तहहरुलाई पूर्व तयारीमा जुट्न समेत बैठकले निर्देशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *