मन्त्री बन्ने भएपछि गोकर्ण विष्ट सहित् को को आए माधव क्याम्पमा फिर्ता

मन्त्री बन्ने भएपछि गोकर्ण विष्ट सहित् को को आए माधव क्याम्पमा फिर्ता

नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष पनि नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागिता जनाउनका लागि नेपाल पक्षले आफू पक्षीय नेताहरुको नामावली बालुवाटार पठाईसकेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा पुगेको पत्रमा एमालेको तर्फबाट गोकर्ण विष्टलाई ठूलो मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले दाबी गरेको छ ।बिष्टको नेतृत्वमा ६ जना सांसदहरुको नाम उल्लेख गरिएको छ ।एमाले सचिव समेत रहेको विष्ट यसअघि केपी शर्मा ओलीको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए ।

कार्यसम्पादन राम्रो हुँदा हुँदै पनि उनलाई प्रचण्डको दबाबमा मन्त्रीबाट हटाइएको थियो ।भीम रावललाई सरकारमा सहभागी हुन बारम्बार आग्रह गर्दा पनि नमानेपछि एमालले माधव समूहले विष्टको नेतृत्वमा सरकारमा पठाउन लागिएको हो ।देउवाले रावललाई परराष्ट्र मन्त्रालय दिने बचन दिएका थिए । तर रावलले आफ्नो केही मागहरु रहेको र ती मागहरुका बारेमा सरकारको धारणा सार्वजनिक हुनपर्ने अडान राखेपछि थिए ।

उनले एमसीसीबारे सरकारको नीति के हो ? लिपुलेक लिम्पियाधुरा र कालापानीको विषय के हुन्छ ? भन्दै देउवालाई प्रश्न गरेका थिए । देउवाले यस विषयमा कुनैपनि जवाफ दिएका छैनन् ।देउवा सरकारमा एमालेबाट विष्टसहित बेदुराम भुषाल, विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झाँक्री र किसन श्रेष्ठ मन्त्री बन्दैछन् ।

उनीहरुलाई कुन कुन मन्त्रालय दिने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन् ।तर नेताहरुले पार्टी एकताकै प्रयास भइरहेकाले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *