जेल जाँदै माधव नेपाल, १ बर्ष कैद हुनसक्ने

जेल जाँदै माधव नेपाल, १ बर्ष कैद हुनसक्ने

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जेल जाने भएका छन् । उनी सार्वजनिक स्थलमा अभ्रद व्यवहार गरेको कसुरमा जेल जाने भएका हुन् ।नेपालले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतवार एमाले संस्थापन पक्षमा रहेका सांसद नारदमुनि रानामाथि अभद्र व्यवहार गरेका थिए । आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले कानुनी प्रक्रिया अगाडि बढासकेका छन् ।

यसविरुद्ध रानाले संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै प्रमाणका रुपमा अडियो रेकर्डिङ माग गरेका छन् । बैठकको श्रव्यदृष्य आवश्यक परेको हुँदा उपलब्ध गराउन उनले आग्रह गरेका हुन् । रानालाई नेपालले बैठकमा दादागिरी देखाउँदै राजीनामा दिएर निस्किन महाराजाको शैलीमा आदेश दिएका थिए ।

नेपाल मात्रै होइन उनको समूहका दीपकप्रकाश भट्ट र कांग्रेस माओवादीका सांसदसमेत रानामाथि दादागिरी शैलिमा उत्रिएका थिए । सांसद रानाले माधव नेपालले आफूमाथि अभद्र व्यवहार गरेकाले कारवाही प्रक्रियामा अघि बढेको बताए । अडियो प्रमाणसहित कानुनी कारवाही अघि बढ्ने रानाको भनाई छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अनुसार अभद्र व्यवहार गरे एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । उक्त कानुनमा नेता नेपालविरुद्ध कारवाही अघि बढेको हो ।

निष्पक्ष रुपमा छानविन भई कारवाही अघि बढेमा माधव नेपाललाई सजाय हुनेछ । तर सत्ता गठबन्धनको नेता भएकाले कारवाहीको सम्भावना भने देखिँदैन । सरकारले संरक्षण गर्ने अवस्था आउँछ । किनभने सत्ता गठबन्धनमा उनी निर्णायक छन् अहिले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *