भिनाजुलाई मन्त्री नबनाउँदा ओलीसँग यत्रो बदला अरु एस्ता थुप्रै कारण बाहिरिदै

भिनाजुलाई मन्त्री नबनाउँदा ओलीसँग यत्रो बदला अरु एस्ता थुप्रै कारण बाहिरिदै

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीबाट बहिर्गमित केपी शर्मा ओलीले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरामाथि विभिन्न आरोप लगाएका छन् । बुधबार जनआस्था साप्ताहिकमा प्रकाशित खबर अनुसार जबराले प्रधानमन्त्री ओली समक्ष जबराका भेनाजु तथा धादिङको नौबिसेमा सञ्चालित केपी सिमेन्टका मालिक केपी उप्रेतिलाई चुनावी सरकारको मन्त्री बनाउन प्रस्ताव थियो ।

‘उसको भिनाजुलाई मन्त्री नबनाउँदा मसँग यत्रो बदला लियो,’ अघिल्लो हप्ता गोकर्ण विष्टहरुसँग केपी ओली भन्दै थिए,‘अब यिनीहरुले पालैपालो बदला लिन थाल्ने भए ।’

उप्रेतिले प्रधानन्यायाधीश राणाकी दिदिसँग विवाह गरेका थिए । उनी पेशाले इन्जिनियर हुन् । लामो समय हिमाल सिमेन्ट उद्योगमा जागिर खाएका उनले त्यही क्रममा काठमाडौंको कुलेश्वरमा घर जग्गा जोडेको बताइन्छ । उनी कुनै पनि राजनीतिक पृष्ठभूमिका व्यक्ति समेत होइनन् ।

बालकोटमा ओलीले भिनाजुलाई मन्त्री बनाउनुअघि सम्धी पूर्व गभर्नर तिलक रावललाई पनि मन्त्री बनाउने प्रस्ताव गरेका थिए । मन्त्री नबनाएको रिसमा प्रधानन्यायधीशले माओवादी र मधेशी मन्त्रीहरुलाई आफ्नै बेन्चबाट खुस्काइदिएको बालकोटमा ओलीको आरोप सुनेपछि नै महेश बस्नेतहरुले प्रधानन्यायाधीशको विरुद्ध पुत्ला जलाएको खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *