कमल थापालाई मिल्यो अर्को ठूलो सफलता, भन्छन्ः ‘अब त आत्मविश्वास झनै बढ्यो’

कमल थापालाई मिल्यो अर्को ठूलो सफलता, भन्छन्ः ‘अब त आत्मविश्वास झनै बढ्यो’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अर्को सफलता हात पारेका छन् । संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको बताएका छन् । अध्यक्ष थापाले विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता भएको ठोकुवा गरेका हु ।

सोमवार सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले संघीयताको खारेजी, धर्मनिरपेक्षताको बारेमा जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठीरहेको आवाज सकारात्मक रहेको बताएका हुन् ।उनले आफुहरु सही बाटोमा रहेको प्रमाणित भइरहेको पनि जिकिर गरे ।यस्तो छ उनको फेसबुक स्टाटसःः

‘संघीयताको खारेजी,धर्मनिरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठीरहेको आवाज सकारात्मक छ। विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दैजानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो।
हामी सही बाटोमा छौँ भन्ने प्रमाणित हुँदैछ’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *