राष्ट्रपतिद्वारा संसद बिघटन गरि प्रधानमन्त्री ब’र्खा’स्त

राष्ट्रपतिद्वारा संसद बिघटन गरि प्रधानमन्त्री ब’र्खा’स्त

‘संसद विघटन’ भन्ने शब्द पछिल्लो समय नेपालमा धेरै प्रयोग भएको शब्द हो। नेपालको राजनीतिक अस्थिरता र दलहरुको आन्तरिक विवादको दुइ दुइ पटक सिकार बन्न पुग्यो नेपालाको संसद । नेपालमा जस्तै अर्को एउटा देशमा पनि संसद विघटन भएको छ।

देशव्यापी प्रदर्शन चर्किएपछि ट्युनिसियाली राष्ट्रपतिले संसद विघटन गर्दै प्रधानमन्त्रीलाई ब’र्खा’स्त गरेका हुन् ।कोभिड-१९ महामारी व्यवस्थापनमा सरकार असक्षम भएको भन्दै हजारौं क्रुद्ध नागरिक सडकमा आएका थिए र प्रहरीसँग झ’ड’प पनि भएको थियो ।राष्ट्रपति केइस सायदले चुनिएका नयाँ प्रधानमन्त्रीसँग मिलेर काम गर्ने भन्दै शक्ति आफ्नो हातमा ल्याएका छन् ।

साथै उनले मुलुकमा शान्ति कायम गर्ने पनि जनाएका छन् ।तर, प्रतिपक्षी दलहरुले यसलाई कूको संज्ञा दिएका छन् ।‘ट्युनिसियमा सामाजिक शान्ति नफर्कुञ्जेल र राज्यको सुरक्षा नगर्दासम्म हामीले यस्तो निर्णय लिएका छौं’ आपतकालिन सुरक्षा बैठकपछि राजदरबारमा आयोजित टेलिभिजन सम्बोधनमा राष्ट्रपति सायदले भने ।प्रधानमन्त्री हाइचेम मेचिचीलाई ब’र्खा’स्त गरिएको समाचार आएलगत्तै विरोधमा प्रदर्शनकारी सडकमा आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *