प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको आपत्तिजनक टिकटक भिडियो बनाउने पक्राउ

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको आपत्तिजनक टिकटक भिडियो बनाउने पक्राउ

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबारे गलत्त भिडियो बनाउने एक जना पक्राउ परेका छन् । आपत्तिजनक टिकटक भिडियो बनाएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार झापाले पक्राउ परेकोबारे जानकारी दिएको छ ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका–६ बर्मेली टोलका ३८ वर्षीय विकास भनिने सोमप्रसाद घिमिरे पक्राउ परेका छन् ।घिमिरेले केही दिनअघि मात्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको आपत्तिजनक टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । घिमिरेविरुद्ध मानहानी र साइबर अपराधअन्तर्गत उजुरी परेको थियो ।

उजुरी परेपछि घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरिएको हो । उनलाई साइबर मुद्दाका लागि काठमाडौं पु¥याएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *