विद्यादेवीको बिदाई अन्तिम चरणमा , नयाँ राष्ट्रपतिमा माधव नेपाल ?

विद्यादेवीको बिदाई अन्तिम चरणमा , नयाँ राष्ट्रपतिमा माधव नेपाल ?

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने सम्भावनाबारे चर्चा भएको छ ।राष्ट्रपति भण्डारीलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरूको दुईतिहाइ मतले बर्खास्त गर्न प्रतिनिधि सभामा १८० जना सांसद भएमा सम्भव रहेको छ ।

विश्वासको मतमा मतदान नगरेका माधव समूहका ८ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १७३ जनाको समर्थन रहेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका बाँकी ७ जना सांसदलाई मन्त्री बनाइदिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेश बस्नेतको भनाइ रहेको थियो प्रतिनिधिसभा पुनःस्थापना भएकै रात राष्ट्रपतिद्वारा भलाकुसारी गरिएका ३ पात्रमा केपी शर्मा ओली, ईश्वर पोखरेल र यिनै महेश बस्नेत रहेका थिए । जनआस्था साप्ताहिकमा खबर छ ।

यता मंगलवार नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदसँग छलफल गरे । पार्टीले कारवाही गर्ने तयारी भइरहेका बेला आफूलाई साथ दिएका सांसदसँग उनले परामर्श गरेका थिए ।

छलफलमा विश्वासको मत दिने बेला केपी ओली समूह छाडेर माधव समूहमा लागेका ८ जना पनि सहभागाी थिए । आफू निकट रहेका ११ जना सांसद विश्वासको मत दिने बेला बाहिरिए पनि नेपालले ओली पक्षका सांसदको साथ पाएका थिए ।

भेलामा सहभागी सांसद कृष्णकुमार श्रेष्ठ ९किसान०ले उत्साहित हुँदै माधव नेपाललाई दलको नेता बनाउन आफूले १५र२० जना सांसद ओली पक्षबाट तान्न सक्ने दावी गरेको अर्का एक सांसदले बताए । उनले ओलीलाई संसदीय दलमै अल्पमतमा पार्न सकिने उपाय बताएका थिए ।

एमालेका १ सय २१ जना सांसद छन् । ती मध्ये २२ जनाले माधव नेपाललाई साथ दिएर विश्वासको मत दिए । भीम रावलसहित ११ जना माधव नेपाल निकट सांसदहरु मतदान प्रक्रियामा सहभागी नभए पनि उनीहरु ओली पक्षमा नजाने आँकलन गरिएको थियो ।

मतदानमा सहभागी नभएकी पवित्रा निरौला खरेल, ओलम्पिकका लागि जापानमा रहेकी कुमारी तुलसी थापा र दिल्लीमा उपचाररत झलनाथ खनाल समेत जोड्दा माधव नेपाल पक्षमा प्रतिनिधिसभाका ३६ सांसद पुग्छन् । तर दलमा बहुमत पुर्‍याउन कम्तीमा ६१ जना सांसद आवश्यक पर्छ ।

किसान श्रेष्ठले उत्साही भएर १५र२० जना सांसद जुटाउँछु भने पनि त्यो संख्याले समेत बहुमत पुग्दैन । सोही भेलामा अरु केही सांसदले संसदीय दलमा केपी ओलीलाई अल्पमतमा पार्न कम्तिमा यो संसद रहेसम्म सम्भव नरहेको बताएका थिए ।

‘दुई चारजनालाई मन्त्री बनाउने वा अन्य कुरा गरेर तान्न सकिन्छ, कतिपय व्यक्ति ओली कमजोर भएपछि गुट छाड्न सक्छन् तर त्यति ठूलो संख्यामा ओली छाड्ने सम्भावना देखिन्न’ नेपाल निकट एक नेताले भने‘बरु केन्द्रीय कमिटीमा वहमुत जुटान्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *